घरमै यसरी चम्किलो बनाउनुहोस् दाँतलाई
तपाईँको मुस्कान तपाईँको व्यक्तित्वको प्रतीक हो। तर कहिलेकाहीँ तपाईँको पहेँलो दाँतले तपाईँलाई खुलेर हाँस्न दिँदैन जसका कारण धेरै पटक मानिसहरू तपाईँलाई अहङ्कारी मान्न थाल्छन् । हरेक मानिस खुलेर हाँस्न चाहन्छ तर खुलेर हाँस्न नसक्नुको सबैभन्दा ठूलो कारण भनेको दाँत पहेँलो हुनु हो । धेरै पटक महँगो टुथपेस्ट प्रयोग गर्दा पनि दाँतमा पहेँलोपन रहन्छ, यस्तो अवस्थामा घरमा रहेका यी ५ चिजले दाँत सेतो बनाउन मद्दत गर्न सक्छ । केही दिन यी चिजको प्रयोगले दाँतमा मोती जस्तै चमक फर्काउन सक्छ।
स्ट्रबेरी
स्ट्रबेरीले दाँतको पहेँलोपन हटाउन धेरै मद्दत गर्छ। स्ट्रबेरीमा पाइने इन्जाइम म्यालिक एसिड र भिटामिन सिले दाँतको पहेँलोपन हटाउँछ।दाँतलाई चम्किलो बनाउन हप्तामा कम्तीमा दुई पटक स्ट्रबेरीले ब्रस गर्नुहोस्। यदि तपाईँ यसलाई ब्रस गर्न सक्नुहुन्न भने चपाएर खानुहोस्।
फ्लसिङ
धेरैजसो दन्त चिकित्सकहरू यो कुरामा सहमत छन् कि ब्रस गर्नुभन्दा फ्लसिङ महत्त्वपूर्ण हुन्छ। फ्लसिङले दाँतको बीचको पहेँलोपन हटाउँछ। त्यसैले हप्तामा कम्तीमा दुई पटक फ्लसिङ गर्नुपर्छ ।
बेकिङ सोडा र कागती
दाँत सफा गर्ने सबैभन्दा लोकप्रिय घरेलु उपाय बेकिङ सोडा र कागती हो। यी दुईको रासायनिक प्रतिक्रियाले तपाईँको मुस्कानलाई अझ चम्किलो बनाउन सक्छ। यद्यपि दुवै अलग–अलग धेरै प्रभावकारी छन् । हप्तामा कम्तीमा एक पटक ब्रस गर्नुहोस्।
स्याउ
दाँतलाई चम्किलो बनाउन फलफूल र तरकारीको पनि ठूलो भूमिका हुन्छ । स्याउ, जिरा र गाजर तपाईँको दाँतको लागि उत्कृष्ट छन्। वास्तवमा, कुरकुरे फलफूल र तरकारीहरूले प्राकृतिक टूथब्रस जस्तै काम गर्दछ। तिनीहरूलाई राम्ररी चपाएर मात्र दाँतबाट ब्याक्टेरिया हट्छ। यी फलफूल र तरकारीहरूले ब्याक्टेरिया मात्र मार्दैनन् । फलफूलमा पाइने एसिडले दाँतको पहेँलोपनलाई पनि कम गर्छ।
तेलले कुल्ला गर्नुहोस्
तेलले कुल्ला गर्दा दाँत मात्र होइन सम्पूर्ण शरीर सफा हुन्छ । यो धेरै सजिलो, सस्तो र हानिरहित छ। त्यसमा एक चम्चा अर्ग्यानिक तेललाई १५ देखि २० मिनेटसम्म मुखमा राख्नुहोस् र यसलाई मुखको वरिपरि घुमाउनुहोस्। त्यसपछि यसलाई मुखबाट निकाल्नुहोस् र आफ्नो मुखलाई पानीले पूर्ण रूपमा कुल्ला गर्नुहोस्। यदि सम्भव छ भने, यो प्रक्रिया पछि कम्तीमा २ देखि ३ गिलास पानी पिउनुहोस्।
यो पनि…
छाला र कपालको विशेष ख्याल गर्नुहोस्
अनुहारमा एलोभेरा लगाउनु फाइदा की बेफाइदा ?










gratis binance-konto
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.bh/register?ref=JW3W4Y3A