झिनो अंकले बढ्यो सेयर बजार
सेयर बजार झिनो अंकले बढेको छ। सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ३.८३ अंकले बढेर १८५८.८९ विन्दुमा पुगेको छ।
सेन्सेटिभ इण्डेक्स १.१५ प्रतिशतले बढेर ३६३.९७ विन्दुमा अडिएको छ। नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। सोमबार ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँ बराबरको सेयर कारोबार भयो।
आइतबार १ अर्ब १५ करोड ७१ लाख बराबरको सेयर कारोबार भएको थियो। नेप्से परिसूचक २७.५४ अंकले घटेको थियो। आज २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता सेयर ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँमा खरिदबिक्री भयो।
एउटा मात्रै कम्पनीको सेयर १० प्रतिशतले बढ्यो। धवलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो। खप्तड लघुवित्त वित्तीयको ६.०८ प्रतिशतले बढ्यो।
आज कारोबार रकमका आधारमा प्राइम कमर्सियल बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ६ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएका १३ समूहमध्ये ९ समूहको सूचक बढ्यो भने ४ को घट्यो। डेभलपमेन्ट बैंक, फाइनान्स, होटल्स एन्ड टुरिजम, इन्भेस्टमेन्ट,लाइफ इन्स्योरेन्स, मनु एन्ड प्रो,म्चुअल फन्ड, नन लाइफ इन्स्योरेन्स र अदर्शको सूचक सकारात्मक देखिएको हो।
यस्तै बैंकिङ, हाइड्रोपावर, माइक्रो फाइनान्स र ट्रेडिङ समूह सूचक भने ओरालो लागेको छ।
यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का










binance skapa konto
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.bh/register?ref=IXBIAFVY