English

सेयर बजारमा दोहोरो अंकको गिरावट



साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ। गत कारोबार दिन अर्थात् बिहीबार १४.४८ अंकले घटेको बजार आज २७.५४ अंकले घटेको हो। आइतबार नेप्से १.४६ प्रतिशतले घटेर १८५५.०६ बिन्दुमा पुगेर बन्द भएको छ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँ पुगेको छ।

आज २५० वटा धितोपत्रको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच भएको छ। आइतबार इष्टर्न हाइड्रोपावरको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २८७ रुपैयाँ ४० पैसा कायम भएको छ।

त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्सड् फण्डको इकाइ मूल्य ९.३५ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ४२ पैसा पुगेको छ। आज सेयर मूल्य सर्वाधिक घट्नेमा पिपुल्स हाइड्रपावर र रुरु जलविद्युत परियोजना रहेको छ। दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले घटेर प्रतिकित्ता मूल्य क्रमशः २१८ रुपैयाँ ७० पैसा र ७३५ रुपैयाँ ४० पैसामा झरेको छ।

आइतबार सर्वाधिक सेयर खरिद–बिक्री कृषि विकास बैंकको भएको छ। आज उक्त कम्पनीको ३०६ रुपैयाँमा ६ करोड २५ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.२९ प्रतिशतले घटेको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर कम्पनी रहेकोे छ। उक्त कम्पनीको ४५० रुपैयाँमा ५ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। आज वित्त समूहको परिसूचक सर्वाधिक २.८८ प्रतिशतले घटेको छ।

त्यस्तै, अन्य समूहको परिसूचक २.१९ प्रतिशत, विकास बैंक समूहको परिसूचक २.०६ प्रतिशत र जलविद्युत समूहको परिसूचक २.०४ प्रतिशत प्रतिशतले घटेको छ।

यस्तै, विकास बैंक, लघुवित्त समूहको परिसूचक १ प्रतिशतभन्दा धरैले बढेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



...
skapa binance-konto

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. 最佳Binance推荐代码

...
Binance推荐码

Your article helped me a lot, is there any more related content? Thanks!

...
Binance美国注册

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

...
创建Binance账户

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested