English

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर यस सार्वजनिक गरेको छ। बिहिबारको तुलनामा शुक्रबार अमेरिकीफ डलर, युरो, पाउण्डलगायतको भाउ घटेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर अधिकतम १३१ रुपैयाँ ५८ पैसा र बिक्री दर १३२ रूपैयाँ १८ पैसा कायम गरेको छ। यस्तो युरो एकको खरिददर १३८ रुपैयाँ ११ पैसा र बिक्री दर १३८ रुपैयाँ ७४ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ०१ पैसा र बिक्री दर १६० रुपैयाँ ८३ पैसा छ।

यस्तै, अघिल्लो दिनको तुलनामा भाउ घटेको स्विस फ्रेङ्क एकको खरिद दर १३९ रुपैयाँ ६७ पैसा र बिक्री दर १४० रुपैयाँ ३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यता अस्ट्रेलियन र क्यानेडियन डलरको भाउ भने अघिल्लो दिनको तुलनामा बढेको छ। अष्ट्रेलियन एक डलरको खरिद दर ८८ रुपैयाँ ४२ पैसा र बिक्री दर ८८ रुपैयाँ ८२ तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ६९ पैसा छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६१ पैसा र बिक्री दर ९ रुपैयाँ ६५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८७ पैसा र बिक्री दर १८ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ९९ पैसा र बिक्री दर ३५ रुपैयाँ १५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ र बिक्री दर ३६ रुपैयाँ १७ पैसा रहेको छ। यस्तै युएई दिराम १ को खरिद दर ३५ रूपैयाँ ८५ पैसा र खरिद दर ३६ रूपैयाँ १ पैसा रहेको छ।

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ३० रुपैयाँ ०६ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ ०२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested