English

सेयर बजारमा गिरावट



चुनावपछिको दोस्रो कारोबार दिन पनि सेयर बजार घटेको छ। अघिल्लो दिन घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

बुधबार नेप्से परिसूचक ७.७२ प्रतिशत घटेर १९२१.९९ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.७० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २२ करोडको सेयर कारोबार भएको बजारमा आज २२३ स्टकको १७ हजार ८७६ पटकको कारोबारमा १ अर्ब २ करोड २२ लाख रुपैयाँ बराबरको २८ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.८० प्रतिशत बढेको छ भने व्यापारको ०.२९ प्रतिशत बढेको छ। आज अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.७८ प्रतिशत घटेको छ।

नेप्से घटेपनि दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सिभिल बैंक र घलेम्दी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, आज जानकी फाइनान्स र पिपुल्स पावरको शेयरमूल्य ५ प्रतिशत भन्दा बढी बढेको छ। कारोबारमा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंक र नबिल ब्यालेन्स्ड फण्ड ३ को इकाईमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको करिब १३ करोडको सेयर कारोबार भएको छ। त्यसैगरी, आज हिमालयन डिष्टिलरीको ११ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested