English

अमृत दोर्जेको आत्मकथा ‘पर्खाइ’ विमोचन (फोटो फिचर)



समाजसेवी अमृत दोर्जे (कान्छा लामा) द्वारा लिखित आत्मकथा ‘पर्खाइ’ को विमोचन गरिएको छ । सोमबार बुढानीलकण्ठस्थित हातीगौँडामा भएको कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले उक्त पुस्तक विमोचन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले ६ जना छोरीहरू भए पनि दोर्जेले विगतदेखि नै धेरै मेहनत र परिश्रम गरेर सबै छोरीहरूलाई अब्बल बनाएको देख्दा खुसीको अनुभूति भएको बताए ।

कार्यक्रममा बोल्दै लेखक दोर्जेले विगतमा मेहनत र दुःख गरेका कारण नै आज यहाँ सम्म पुग्न सफल भएको बताए । उनले विगतमा दुःख र कष्टलाई नजिकबाट नियालेको अनुभव सुनाउँदै दुःख नै भविष्यमा सफलताको बाटो हुने बताए । उनले भने ‘दुःखलाई नजिकबाट बुझ्यो भने दुःख नै हुँदैन । बुद्धि पुर्याएर काम गरौँ, बुद्धि पुर्याएर काम गर्यो भने दुःख आफै हटेर जान्छ ।’

छोरी पढाउनु हुन्न भन्ने त्यति बेलाको समाजको अवहेलना र आफन्तको घृणाको बाबजुद पनि बुवा एक इन्च नडगमगाइ ६ दिदी बहिनिलाई उच्च शिक्षा दिएर हामीलाई यो स्थानसम्म ल्याउनु भयो ।

लेखककी छोरी सीता लामा दुःख पछि सुख अवश्य आउने बताउँदै समयलाई पर्खिन सक्नुपर्ने बताइन् । उनले समय आएपछि हरेक कुरामा सक्षमका साथै आफ्नो लक्षमा पुग्न सकिने धारणा राखिन् । उनले भनिन् ‘छोरी पढाउनु हुन्न भन्ने त्यति बेलाको समाजको अवहेलना र आफन्तको घृणाको बाबजुद पनि बुवा एक इन्च नडगमगाइ ६ दिदी बहिनिलाई उच्च शिक्षा दिएर हामीलाई यो स्थानसम्म ल्याउनु भयो ।’

छोरा खोज्ने समाजलाई ६ वटी छोरी जन्माएर अब्बल बनाउने लेखक लामा समाजका लागि ज्वलन्त उदाहरण हुन् ।

कार्यक्रमको सम्बोधन गर्दै समाजसेवी राधिका शाक्यले लेखक लामालाई आज यो स्थानमा उभ्याउनका निम्ति ६ जना छोरीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताइन् । उनले भनिन्, ‘छोरा खोज्ने समाजलाई ६ वटी छोरी जन्माएर अब्बल बनाउने लेखक लामा समाजका लागि ज्वलन्त उदाहरण हुन् ।’ समाजसेवी शाक्यले इमानदारिता र पौरखी बन्न सक्नुपर्छ भन्ने पाठ आत्मकथा पर्खाइ बाट पाउन सकिने बताइन् ।

छोरी अनिता लामाले बुवाले विगतमा पढाउनु भएको पाठलाई आत्मसाथ गर्दै अगाडी बढेका कारण आज यो स्थानसम्म आउन सफल भएको बताइन् ।

मा पर्खाइमा उनले आफ्ना जीवनमा घटेका अनेकौँ घटनाहरू समावेश गरेका छन्। विवाह, पसिनाको मूल्यः मीठो र दिगो, अभाव र गरिबी, आमाको वकसपत्रः दुःख माथि षड्यन्त्र लगायत विभिन्न १६ वटा शीर्षकहरू समावेश गरिएको छ ।

यो पनि…
शुभेच्छाको क्यान्सरमुक्त अनुभव ‘क्यान्सर, खानपान र म’
उत्तर कोरिया, मैले जे देखेँ



...
binance Registrera dig

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://www.binance.info/register?ref=IHJUI7TF

...
binance акаунтын ашу

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested