English

संसारकै अनौठो होटल, जहाँ न पर्खाल छ न छत



संसारभर लाखौँ होटलहरू छन् जसको एक दिनको भाडाले कसैको होस उडाउन सक्छ। किनभने यी होटलहरूले आफ्ना ग्राहकहरूलाई यस्तो सुविधा दिन्छन्, जुन सबैले कल्पना पनि गर्न सक्दैनन्। यी होटलका भवनहरू अग्लो र विलासी छन्। तर आज हामी तपाईँलाई एउटा यस्तो होटलको बारेमा बताउन गइरहेका छौँ जसलाई संसारकै सबैभन्दा अनौठो होटेल भनिन्छ । किनभने यो होटलमा न पर्खाल छ न छत। पक्कै पनि तपाईँलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ र सोचिरहनु भएको छ कि यस्तो होटेल पनि हुन्छ होला ? तर यो कुरा एकदम सत्य हो किनभने स्विट्जरल्याण्डमा एउटा मात्र यस्तो होटल छ। जसलाई नल स्टर्न होटल भनेर चिनिन्छ।

न छत, न पर्खाल, न बाथरूमको सुविधा

वास्तवमा, स्वीट्जरल्याण्डको डेभिड माउन्टेनको पहाडको टुप्पोमा रहेको यो होटललाई ‘नल स्टर्न होटेल’ भनिन्छ। यस होटेलको सबैभन्दा अनौठो कुरा यो हो कि यसमा न त छाना छ न त पर्खाल नै । जसका कारण यो होटल संसारकै सबैभन्दा अनौठो होटेल हो । यति मात्र होइन, पर्खाल र छत सहितको रिसेप्सन छैन र सबैभन्दा महत्त्वपूर्ण कुरा जस बिना मानिस बाँच्न सक्दैन, त्यो हो बाथरूम ! यो होटलमा बाथरूम पनि उपलब्ध छैन।

भुईँमा एउटा मात्र ओछ्यान

यस होटलमा टाइल्सले बनेको भुईँमा एउटा मात्र बेड र दुईवटा टेबल राखिएको छ, जहाँ तपाईँ आराम गर्न सक्नुहुन्छ। यसबाहेक, तपाईँको सेवामा एक बटलर छ, जो नजिकैको क्वार्टरमा बस्छन्। तपाईँलाई खाना र पेय सेवाहरू प्रदान गर्न।

टेलिभिजनको पर्दा पछाडि उभिएर उनी आफै समाचार सुनाउँछन्

यति मात्र होइन, यस होटलमा मनोरञ्जनका लागि कुनै टिभी वा रेडियो पनि उपलब्ध छैन । जे होस्, होटल बटलर टेलिभिजन स्क्रिन पछाडि उभिएर समाचार सुनाउँछन् । जसले तपाईँलाई संसारको समाचार दिन्छन् र मौसमको अवस्था पनि बताउँछन्।

एक रात बस्ने भाडा कति ?

जब तपाई चर्पी जानु प¥यो भने पहाडबाट तल बनेको सार्वजनिक शौचालय प्रयोग गर्न सक्नुहुन्छ । अझ अचम्मको कुरा के छ भने यो होटेलमा पर्खाल र शौचालय नभए पनि एक रात बस्न ४२ हजार पाँच सय तिर्नुपर्ने हुन्छ ।

यो पनि…
यी हुन् विश्वका अचम्मका अन्तर्राष्ट्रिय सिमाना
यी हुन् विश्वका अचम्मका ठाउँ



...
binance account creation

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested