English

इष्टर्न हाइड्रोपावरको आइपिओ बाँडफाँट, नतिजा यसरी हेर्नुहोस्



इष्टर्न हाइड्रोपावरको आइपिओ बिहीबार बिहान बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ६२ हजार ५१९ जनाले १० कित्ताको दरले सेयर पाएका छन् भने १२ लाख ९५ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ।

उक्त आइपिओमा कुल १३ लाख ५८ हजार २२० जनाले आवेदन दिएकोमा १ हजार ९९६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ। कम्पनीले असोज २८ गतेबाट कात्तिक २ गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ७० हजार ३१० कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको थियो।

कुल कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात् १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको कम्पनीले बताएको छ।

कर्मचारीलाई छुट्याइएको मध्ये १ हजार ८०१ कित्ताको लागि आवेदन नपरेपछि सो समेत जोडेर सर्वसाधारणमा कुल ६ लाख २५ हजार १९० कित्ता सेयर बाँडफाँट गरेको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडीएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



...
binance registration

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested