English

डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो, ४८ जनाको मृत्यु



नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ ।

गत साउन १ गतेयता हालसम्म उक्त संख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

पछिल्लो चौबिस घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो । योसँंगै नेपालमा कुल डेंगु बिरामीको संख्या ४० हजार २९ पुगेको छ ।

बितेको चौबिस घण्टामा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेंगुका कारण ४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशका ७७ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् ।

यो पनि…
पछिल्लो चौबिस घण्टामा थपिए डेंगुका २ हजार २६ नयाँ बिरामी
७६ जिल्लामा पुग्यो डेंगु, बिरामीको संख्या साढे २४ हजार नजिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

Latest










Popular
Suggested