English

विन्सटन चर्चिलका १० महान भनाई



३० नोभेम्बर १८७४ मा जन्मेका विन्सटन चर्चिल बेलायतका प्रसिद्ध कूटनीतिज्ञ तथा प्रखर वक्ता थिए । यिनी दोस्रो विश्वयुद्ध ताका बेलायतका प्रधानमन्त्री पनि भए । उनको मृत्यु २४ जनवरी १९६५ मा भएको थियो ।

चर्चिलले आफू प्रधानमन्त्री हुँदा द्वितीय विश्वयुद्धमा बेलायतलाई सफलता दिलाएका थिए । यस्ता महान व्यक्तित्वका केही महान भनार्ई यस प्रकार छन् ।

१. निराशावादी हरेक अवसरमा समस्या देख्दछ भने आशावादी हरेक समस्यामा अवसर देख्दछ ।
२. सफलताका तीन सूत्रहरू छन् । एक, कहिल्यै हरेश नखाऊ । दुई, कहिल्यै हरेश नखाऊ । र, तीन कहिल्यै हरेश नखाउ ।
३. यदि हामीले विगत र वर्तमान बीचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछांै ।
४. हावाको चाप जति बढी हुन्छ, उति नै चंगा माथि उड्न सक्छ ।
५. हामी अव्यक्त शब्दका मालिक हौं तर ती शब्दहरूको नोकर, जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।
६. राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो ।
७. इतिहास सधैं विजेताहरूबाट लेखिएको हुन्छ ।
८. एक्लो रूख यदि पूर्ण रूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।
९. युद्धमा तिमी एक पटक मात्र मर्न सक्छौ तर राजनीतिमा पटकौं पटक ।
१०. छोटा शब्दहरू राम्रा हुन्छन् र पुराना शब्दहरू सबैभन्दा राम्रा ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested