English

विन्सटन चर्चिलका १० महान भनाई



३० नोभेम्बर १८७४ मा जन्मेका विन्सटन चर्चिल बेलायतका प्रसिद्ध कूटनीतिज्ञ तथा प्रखर वक्ता थिए । यिनी दोस्रो विश्वयुद्ध ताका बेलायतका प्रधानमन्त्री पनि भए । उनको मृत्यु २४ जनवरी १९६५ मा भएको थियो ।

चर्चिलले आफू प्रधानमन्त्री हुँदा द्वितीय विश्वयुद्धमा बेलायतलाई सफलता दिलाएका थिए । यस्ता महान व्यक्तित्वका केही महान भनार्ई यस प्रकार छन् ।

१. निराशावादी हरेक अवसरमा समस्या देख्दछ भने आशावादी हरेक समस्यामा अवसर देख्दछ ।
२. सफलताका तीन सूत्रहरू छन् । एक, कहिल्यै हरेश नखाऊ । दुई, कहिल्यै हरेश नखाऊ । र, तीन कहिल्यै हरेश नखाउ ।
३. यदि हामीले विगत र वर्तमान बीचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछांै ।
४. हावाको चाप जति बढी हुन्छ, उति नै चंगा माथि उड्न सक्छ ।
५. हामी अव्यक्त शब्दका मालिक हौं तर ती शब्दहरूको नोकर, जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।
६. राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो ।
७. इतिहास सधैं विजेताहरूबाट लेखिएको हुन्छ ।
८. एक्लो रूख यदि पूर्ण रूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।
९. युद्धमा तिमी एक पटक मात्र मर्न सक्छौ तर राजनीतिमा पटकौं पटक ।
१०. छोटा शब्दहरू राम्रा हुन्छन् र पुराना शब्दहरू सबैभन्दा राम्रा ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले