English

रातभर पङ्खा चलाउनु स्वास्थ्यका लागि खतरनाक !



गर्मीको समय छ । प्राय घरमा पङ्खा जडान गरिएको छ। धेरै मानिसहरू रातभर पङ्खा लगाएर सुत्छन् । एक रिपोर्टका अनुसार रातभर पङ्खा लगाएर सुत्ने बानी स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । जसका कारण तपाईँले धेरै स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुनसक्छ ।

विज्ञहरूका अनुसार राति पङ्खा लगाएर सुत्दा कोठाको तापक्रम घट्छ तर यसका कारण धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ। यदि गर्मी बढ्दै छ भने रातभर पङ्खा चलाउनु बाहेक अन्य धेरै उपायहरू छन्, जसले गर्दा कोठालाई चिसो राख्न सकिन्छ।

गर्मी हुँदा दिउसो कोठामा पर्दा लगाउने प्रयास गर्नुहोस्। यसले कोठाको तापक्रम कम राख्छ। साथै रातभर फ्यान चलाउनुहुन्छ भने आजैबाटै यसो गर्न बन्द गर्नुहोस्। यो बानीले तपाईँको स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ। रातभर पङ्खा चल्दा धेरै प्रकारका रोग लाग्न सक्ने निद्रा विशेषज्ञ र म्याट्रेस नेक्स्टडेका सिइओ मार्टिन सीलेले यसबारे जानकारी दिएका छन्।

यस्ता समस्या हुन सक्छन्

रातभर पङ्खा लगाएर सुत्दा भोलिपल्ट शरीर दुख्ने समस्या हुन्छ । विशेष गरी यदि तपाईँलाई शरीर दुखेको छ भने, पङ्खा मुनि सुत्नु तपाईँको लागि झनै कष्टकर हुन सक्छ। यस्तो अवस्थामा राती पङ्खा मुनि सुत्नु हुँदैन । मार्टिन सीलेका अनुसार चिसो हावाले मांसपेशीहरू तन्किन्छ र तपाईँले अझ बढी दुखाई भोग्नु पर्ने हुन्छ । यसका साथै तपाईँले आफ्नो घाँटीमा पनि दुखाइ महसुस गर्नुहुनेछ। खास गरी दमका बिरामीले यसो गर्नुहुँदैन, यसका कारण दिउँसो बढी हाच्छ्युँ आउने, आँखामा पानी आउने र सास फेर्न गाह्रो हुने उनको भनाइ छ ।

यो पनि…
हिँड्नुका फाइदा

सिरानीमा मोबाइल राखेर सुत्नुहुन्छ भने आजैदेखि छोड्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested