English

ठडियो धरहरा, खुल्यो काठमाडौं !



केहीदिनअघि हावाहुरीसहित भीषण वर्षा भयो । जसले अन्धकारमय काठमाडौंलाई उज्यालो बनाएको छ । अझ नयाँ धरहराले काठमाडौं उपत्यकाको शोभा बढाएको छ ।

केहीदिनअघि हावाहुरीसहित भीषण वर्षा भयो । जसले अन्धकारमय काठमाडौंलाई उज्यालो बनाएको छ । अझ नयाँ धरहराले काठमाडौं उपत्यकाको शोभा बढाएको छ । सेतो रङमा टलक्क टल्किएको धरहराको यो दृश्य र धरहराबाट देखिएको काठमाडौं साँच्चिकै लोभलाग्दो छ । हेर्नुहोस् धरहराबाट देखिएको यो ब्यस्त र मस्त काठमाडौं । अहिले काठमाडौंको एयर क्वालिटी इण्डेक्स ४१ रहेको छ भने काठमाडौं नम्बर वानबाट झरेर विश्वको ६३ औँ प्रदूषित शहरमा पुगेको छ । तर २६ दिनअघि वायु प्रदूषणको मात्रा ४७० सम्म पुगेको थियो । झलमल्ल घाम, कञ्चन हिमाल, सफा वातावरण र मनमोहक काठमाडौंका यी दृश्यले अहिले काठमाडौंवासी लोभिएका छन् । २२ तले धरहराबाट मात्रै होइन यो दृश्य तपाई हाम्रो घरआँगनबाट पनि देख्न सकिन्छ ।


खुल्ला मौसम अनि धरहराको यो उचाईबाट कान्तिपुर नगरीको अवलोकन गर्दा कसको मन नरमाउला र ?

प्रदूषण हटेसँगै काठमाडौंको मुहार पनि फेरिएको छ । एकातिर नयाँ धरहराबाट काठमाडौं नियाल्ने अधिकांशको सपना साकार हुँदैछ भने अर्कोतिर मौसम पनि सफा र शान्त बनिरहेको छ । धरहराबाट काठमाडौं हेर्ने सपनामा आम मानिस धरहराको फेदमा बसेर सेल्फी खिचिरहेका छन् । तर तत्कालै सर्वसाधारणले धरहरा चढ्न भने पाउने छैनन् । किनभने धरहराको पुनर्निर्माणको काम अझै बाँकी नै छ । बिस्तारै काठमाडौंको आकाश खुल्न थालेको छ । घरका छतबाटै कञ्चन हिमालहरुको मनमोहक र प्रकृतिको अनुपम दृश्य देख्न सकिन्छ । पर्यटक पनि काठमाडौंको यो दृश्य हेर्न लालयित छन् । खुल्ला मौसम अनि धरहराको यो उचाईबाट कान्तिपुर नगरीको अवलोकन गर्दा कसको मन नरमाउला र ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested