English

१० खराब बानी जसले पार्न सक्छ स्वास्थ्यमा गम्भीर असर



कहिलेकाही नजानिदो तरिकाले स्वास्थ्यमा गम्भीर असर गरिरहेको हुन्छ । आउनुहोस्, थाहा पाइराखाैं, तपाईंको कस्तो बानीले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ ।

धेरै चिनी प्रयोग भएको पेय पदार्थको सेवन

के तपाईलाई चिसो कोक, फन्टा तथा बजारमा पाइने अन्य धेरै मात्रामा चिनी प्रयोग भएका पेय पदार्थ पिउन मनपर्छ ? यस्ता प्रशस्त मात्रामा चिनी प्रयोग भएका पेय पदार्थले हाम्रो शरीरमा नकारात्मक असर गरिरहेको हुन्छ । अमेरिकन सोसाइटी अफ नेफ्रोलोजीको अनुसन्धानअनुसार धेरै मात्रामा चिनी प्रयोग भएका पेय पदार्थले विभिन्न रोग लाग्ने सम्भावना हुन्छ, जस्तै मुटु रोग, किड्नीसम्बन्धि समस्या आदि । त्यसैले बजारमा पाइने विभिन्न कोल्ड ड्रिङसको साटो प्रशस्त मात्रामा पानी पिउनु नै स्वस्थ्यकर हुन्छ ।

अनिद्रा

के तपाईंलाई राती राम्ररी निद्रा लाग्दैन ? यदि तपाईको शरीरले पर्याप्त मात्रामा आराम पाएन भने यसको प्रत्यक्ष असर तपाईंको स्वास्थ्यमा पर्न जान्छ । अनिद्राले मुटुसम्बन्धि रोग निम्त्याउँछ । युरोपियन हार्ट जरनलको अनुुसन्धान अनुसार यदि तपार्इं स्वास्थ्य जीवन जिउन चाहनु हुन्छ भने राम्ररी निदाउनु जरुरी छ ।

बिहानको खाजा

के तपाईं बिहानको खाजा (ब्रेकफास्ट) लाई त्यति महत्व दिनु हुन्न ? अमेरिकन कलेज अफ कार्डियोलोजीले भर्खरै गरेको अनुसन्धानअनुसार बिहानको खाजा नखाने बानीले मुटुसम्बन्धि समस्या निम्त्याउन सक्छ । बिहानको खाजा पोषिलो तथा स्वस्थ्यकर भयो भने स्वस्थ्य र सन्तुलित जीवन जिउन मद्दत मिल्छ ।

प्लास्टिकको बोटलको पानी

हामीहरुमध्ये धेरैजना प्लास्टिकको बोटलबाट पानी पिउछौँ । तर युनिभर्सिटी अफ सिनसिनाटीले गरेको अनुुुसन्धान अनुसार प्लास्टिकको बोटलमा विभिन्न हानिकारक रसायन रहेको हुन्छ । यदि हामी प्लास्टिकको बोटललाई तातोपानीले सफा गर्छौ भने त्यसबाट निस्कने हानिकारक रसायन पानीमा मिसिन जान्छ र त्यस बोठलबाट पानी पिउँदा हाम्रो शरीरमा नकारात्मक असर पर्न सक्छ ।

खाना नखाने बानी

तपाई स्लिम हुन चाहँदै हुनुहुन्छ वा कामको व्यस्तताका कारण खाना पकाउने फुर्र्सद नभएर खाना नखाइ सुत्दै हुनुहुन्छ भने त्यो बानी हटाउनोस् । ओहियो स्टेट युनिभर्सिटीको एउटा अनुसन्धानअनुसार खाना नखाने बानीले तौल घट्नुको साटो उल्टै पेट बढ्दै जान्छ ।

बजारबाट ल्याएको तयारी खाना

तपाईंसँग खाना पकाउने समय छैन ? बाहिरबाट तयारी खाना ल्याएर खाँदै हुनुहुन्छ भने त्यो खाना तपार्इंको स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । बाहिरको तयारी खानामा प्रशस्त मात्रामा चिल्लो तथा नुनको प्रयोग भएको हुन्छ । यी दुवै कुराले हाम्रो स्वस्थ्यमा नकारात्मक असर पार्छ ।

पानी नपिउने बानी

प्रशस्त मात्रामा पानी पिउन मन नलाग्ने बानीले विभिन्न स्वस्थ्य समस्या निम्त्याउने गर्दछ नेशनल हेल्थ सर्भिसको एउटा रिपोर्टअनुसार प्रशस्त मात्रामा पानी नपिउने बानीले किड्नी सम्बन्धि समस्या देखा पर्नुका साथै अन्य विभिन्न समस्या जस्तै डिहाईड्रेशन, टाउको दुख्ने जस्ता समस्या देखा पर्न सक्छ । त्यसैले प्रशस्त मात्रामा पानी पिउने बानी बसाल्नु पर्छ ।

धुम्रपान त्याग

यदि तपाईंको धुम्रपान गर्ने बानी छ भने त्यसलाई आजैबाट छोड्नुहोस् । धुम्रपानले फोक्सोको क्यान्सर हुन सक्ने युरोपियन सोसाइटी अफ कार्डोलोजीले पनि जनाएको छ । त्यसैले धुम्रपानको लतलाई बिस्तारै छोड्दै जानुपर्छ ।

हेडफोनको प्रयोग

यदि तपाईं ठूलो आवाज पारेर हेडफोनमा गीत सुन्न मन पराउनु हुन्छ भने त्यो हानीकारक हुन सक्छ । युनिभर्सिटी अफ उताहका अनुसार ठूलो आवाजले हेडफोनमा गीत सुन्दा कानको सुन्ने क्षमतामा कमी आउन सक्छ ।

कपाल कलर

कपाल सुन्दर तथा आकर्षक बनाउन कपाललाई कलर गर्ने सोचमा हुनुहुन्छ भने त्यसले तपाईंको कपाललाई झन क्षति गर्न सक्छ । नोरिगेन इन्स्टिच्यूट अफ पब्लिक हेल्थका अनुसार कलरले कपाल ड्यामेज गर्ने हुँदा विज्ञको सल्लाह लिएर मात्र कपाल कलर गर्नु उपर्युक्त हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested