English

महिला साफको टेक्निकल कमिटीको जिम्मेवारी कृष्ण थापालाई



भदौ चौथो हप्तादेखि सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजक मूल समितिले टेक्निकल कमिटीको जिम्मेवारी पूर्व उपाध्यक्ष कृष्ण थापालाई दिएको छ ।

मंगलबार एन्फा कम्प्लेक्समा वरिष्ठ उपाध्यक्ष तथा कार्यवहाक अध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बसेको बैठकले प्रतियोगिताका लागि विभिन्न कमिटी गठिन गरी सबै कमिटीको संयोजकसमेत चयन गरेको हो ।

एन्फाले यसअघि नै रविन्द्र चन्दलाई ‘भेन्यु म्यानेजर’ र विजय घलेलाई स्थानीय आयोजक संयोजकको रुपमा चयन गर्दा दिनेश व्यन्जनकारलाई सुरक्षा प्रमुख र सन्जिव सिल्पकारलाई मार्केटिङ, ब्रोडकास्टिङ तथा डिजिटल राइट् संयोजकको रुपमा चयन गरिसकेको छ ।

बैठकले प्रतियोतिगाको टिकटका लागि पुनः टेन्डर आह्वान गर्ने निर्णयसमेत गरेको छ । जसको न्युनतम मूल्य २५ लाख रहेको छ । साफको टिकट मूल्य यस अघिनै ३०० र ५०० तोकिएको छ ।

कुन कमिटीको कसले के पाए नेतृत्व ?

हस्पिटालिटी कमिटी : मनिस जोशी

स्वास्थ्य कमिटी : रमेश व्यन्जनकार

होटेल तथा यातायात कमिटी : पुरुषोत्तम थापा

टेक्निकल कमिटी : कृष्ण थापा

रेफ्री कोर्डिनेटर कमिटी : बुद्धि गुरुङ

कार्यक्रम कमिटी : विकासनारायण श्रेष्ठ

प्रचार कमिटी : सुरेश साह

नेपाली राष्ट्रिय टिम व्यवस्थापन कमिटी : सरिला श्रेष्ठ

यो पनि…
गौरव थापा भन्छन्– एन्फाभित्रको षड्यन्त्रमा मेरो नाम जोडिनु दुःखद्
एन्फा र एनएसएलबीचको सम्झौता रद्द गर्न सिफारिस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested