English

दुई वर्षमा पौने पाँच अर्बको मेडिकल सामाग्री भित्रियो



पछिल्लो दुई वर्षमा नेपालमा विभिन्न देशबाट पौने पाँच अर्ब रुपैयाँको मेडिकल भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर भित्रिएको पाइएको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७–७८ र २०७८–७९ मा उक्त मुल्य बराबरको भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर नेपालमा भित्रिएको हो ।

कोरोना महामारी सुरु भएपछि नेपालमा ठूलो संख्यामा भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर भित्रिएको देखिन्छ ।

बितेको दुई वर्षमा ४ अर्ब ७७ करोड ९७ लाख ६३ हजार रुपैयाँको भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।

सो अवधिमा २ लाख ६१ हजार ४७६ थान कन्सेनट्रेटर र २९ हजार ९०३ भेन्टिलेटर नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८–७९ मा २ अर्ब १० करोड ७३ लाख ६१ हजार रुपैयाँको भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर नेपालले आयात गरेको छ ।

अघिल्लो आर्थिक वर्ष १ अर्ब ८ लाख ३७ हजार रुपैयाँको २ लाख २२ हजार १८८ थान अक्सीजन कन्सेनट्रेटर र १ अर्ब १० करोड ६५ लाख २४ हजार रुपैयाँको ३ हजार ७६५ थान मेडिकल मेन्टिलेटर नेपालले आयात गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७-७८ मा २ अर्ब ६७ करोड २४ लाख २ हजार रुपैयाँको भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागका अनुसार सो वर्ष १ अर्ब ८० करोड ८९ लाख १३ हजार रुपैयाँको ३९ हजार २८८ थान अक्सीजन कन्सेनट्रेटर र ७६ करोड ७५ लाख ९२ हजार रुपैयाँको २६ हजार १३८ थान मेडिकल भेन्टिलेटर नेपालले आयात गरेको थियो ।

यो पनि
संक्रमणको चौथो लहरको संकेत
यी १७ स्थानमा कोरोनाको उपचार निःशुल्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested