English

अन्तिम टी २० मा भारतको सहज जित



भारतले पाँचौँ टी २० खेलमा आइतबार वेस्ट इन्डिजलाई ८८ रनले पराजित गरेको छ । पहिलो, तेस्रो र चौथो खेल जित्दै भारतले एक खेल अगावै पाँच खेलको शृंखला ३–१ ले आफ्नो पक्षमा पारिसकेको थियो । पाँचौ खेलमा निकालेको जितपछि भारतले शृंखला ४१ ले जित्यो ।

भारतले प्रस्तुत गरेको एक सय ८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १५.४ ओभरमा मात्र एक सय रनमा अलआउट भयो । वेस्ट इन्डिजका लागि सिमरोन हेटमायरले ३५ बलमा पाँच चौका र चार छक्का मद्दतमा ५६ रन जोडे । अन्य ब्याटरले सम्हालिएको प्रदर्शन गर्न सकेनन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८८ रनको योगफल तयार पारेको थियो । भारतका लागि श्रेयष एैयरले ४० बलमा आठ चौका र दुई छक्काको मद्दतमा ६४ र दिपक होड्डाले ३८ रन जोडे ।

वेस्ट इन्डिजका ओडिन स्मिथले तीन तथा डोमिनिक डार्क, जेसन होल्डर र हेडेन वाल्सले समान एक विकेट लिए ।

यो पनि…
बंगलादेश र भारत फाइनलमा
यु–२० नेपाली फुटबल टोली आज स्वदेश फर्कदै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested