English

‘उषा स्टाइलिस कलेक्सन’ले मनायो ११ औं वार्षिकोत्सव



पूर्व मिस नेपाल तथा सदाबहार सुन्दरी उषा खड्गीको ‘उषा स्टाइलिस कलेक्सन’ले ११ औं वार्षिकोत्सव मनाएको छ । बुधबार एक समारोहमाझ कुपण्डोलस्थित उषा स्टाइलिस कलेक्सन मिस नेपाल प्रियंका रानी जोशीको उपस्थितीमा वार्षिकोत्सव मनाइएको हो ।

मिस नेपाल प्रियंका रानीले ‘उषा स्टाइलिस कलेक्सन’को ११ औं वार्षिकोत्सवको केक काटेकी थिइन् । सो अवसरमा उनले आफूले मिस नेपाल यात्रा उषा स्टाइलिस कलेक्सनबाटै सुरु गरेको बताउँदैं यहाँबाट सुरु हुने जुनसुकै यात्रा सफल हुने बताइन् ।

‘त्यही कारण फेरि यहाँ आउँदाखेरि घर आएकोजस्तो अनुभूति भइरहेको छ,’ उनले भनिन्, ‘११ वर्षसम्मको जुन यात्रा तय गरेर आउनुभएको छ, कठिन थियो होला तर सफल भएको आज ।’ उनले उषा सबै युवा महिलाहरुलाई प्रेरणाको स्रोत भएको बताइन् । प्रियंकाले मिस नेपाल हुन चाहने युवतीहरुका मिस नेपालको मञ्च शक्ति भएको बताइन् ।

उनले उषा स्टाइलिस कलेक्सनको वार्षिकोत्सव अवसरमा शुभकामना दिदैं थप प्रगतिको कामना व्यक्त गरिन् । ‘हजुर (उषा)को आगामी यात्रा सफल होस्,’ उनले भनिन्, ‘जहिले पनि सहयोग आवश्यकता पर्दा म हजुरकै छेउमा अडिन आइपुग्नेछु ।’ वरिष्ठ ब्युटिसियन सिता पाठकले उषा संघर्षशील व्यक्तित्व भएको बताउँदैं कर्म गर्नुपर्ने र कसैको रिस, डाह गर्न नहुनेमा जोड दिइन् ।

‘म उषा स्टाइलिस कलेक्सनको प्रगतिको कामना गर्छु,’ उनले भने, ‘स्वदेशमात्रै होइन् विदेशमा पनि उषा स्टाइलिसको नाम चलोस् ।’ उनले केही समयपछि मिस वल्र्डमा सहभागी हुन लागेकी मिस नेपाल जोशीलाई उनले जितका लागि शुभकामना पनि दिइन् ।

वरिष्ठ ब्युटिसियन रुस्का वैद्य श्रेष्ठले ११ वार्षिकोत्सवको अवसरमा उषा स्टाइलिस कलेक्सनलाई शुभकामना दिइन् । १२—१५ वर्षदेखि उषासँग संगत सुरु भएको उल्लेख गर्दै आफूहरु निकटको मित्र रहेको बताइन् । ‘उषा स्टाइलिसको अझै धेरै प्रगति होस्, स्वदेशमा मात्रै होइन्, विदेशमा पनि नाम कमाउन सकोस्,’ उनले भनिन्, ‘उहाँको इनर्जी सधैं यस्तै रहिरहोस् ।’

उषा स्टाइलिस कलेक्सनकी संस्थापक उषा खड्गीले कार्यक्रममा उपस्थिती भएर शोभा बनाइदिएको सबैलाई धन्यवाद दिइन् । उनले उषा स्टाइलिस कलेक्सनले नेपाली फेसन इन्ड्रष्टीमा नभएर विदेशमा पनि नेपाली पहिरनलाई चिनाउन भूमिका खेल्ने बताइन् । उनले ११ वर्षको यो अवधिमा उषा स्टाइलिसलाई माया गरेर रोज्नेहरुमा विशेष आभार व्यक्त गरिन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested