English

दिल्ली लकडाउन : नेपाली उपभोग्य वस्तुमा कतिको असर ?



कोरोनाको डबल म्युटेन्ट भेरियन्टको संक्रमण फैलिएसँगै भारत सरकारले गत सोमवारबाट एक साताका लागि दिल्लीमा लकडाउन गर्‍यो । दिल्लीमा लकडाउनको घोषणा गरेसँगै त्यसको असर नेपालको दैनिक उपभोग्य वस्तुमा पर्ने आँकलन गर्न थालिएको छ ।

यसै पनि नेपालमा विगत ६ महिना यता दैनिक उपभोग्य वस्तुको बजार भाउ आकाशिदै गएको छ । यदि दिल्लीको लकडाउनका कारण आपूर्तिमा कमी भएमा अझै खाद्य वस्तुको मूल्य भाउ उकालो लाग्न सक्ने नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ बताउँछन् । ‘केही महिना यता नेपालमा खाद्यजन्य सामानको भाउ बढिरहेको छ,’ उनले भने, ‘छिमेकी राष्ट्रमा भएको लकडाउनले आपूर्तिमा कमी भयो भने अझै बजार भाउ आकाशिन सक्छ ।’

पछिल्लो समय बढिरहेको बजार मूल्य नियन्त्रणका लागि व्यवसायीहरूसँग निरन्तर छलफल गरिरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शिवराज सेडाईं बताउँछन् । साथै, कोभिडको नयाँ भेरियन्ट फैलिरहेको अवस्थामा नेपालमा दैनिक उपभोग्य वस्तुको आपूर्तिका बारेमा पनि भन्सार क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल भइरहेको उनले बताए ।

‘दिल्लीको लकडाउन अझै बढ्यो भने त्यसको असर नेपालको दैनिक उपभोग्य वस्तुमा देखिन सक्छ,’ न्यौपाने भन्छिन्, ‘यतिबेला हामीसँग चामल, धान र गहुँ यथेष्ट मात्रामा छ । बुधवारसम्म २ लाख ९३ हजार २ सय क्विन्टल खाद्यान्न मौज्दात छ ।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आपूर्ति महाशाखाका प्रमुख प्रेमकुमार श्रेष्ठ भारतको जुनसुकै क्षेत्रमा लकडाउन भएतापनि दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कमी नगरिने बताउँछन् । ‘यातायात नै बन्द भयो भने समस्या आउन सक्छ,’ श्रेष्ठले भने, ‘यातायात बन्द भएको अवस्थामा नेपालमा केही असहज हुन सक्छ । तर, हामी सम्बन्धित निकायसँग समन्वय गरेर सहज बनाउन प्रयत्न गर्नेछौं । दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कमी आउन दिदैनौं ।’

हाल दिल्लीबाट खाद्य सामग्रीको रूपमा विशेषगरी चामल र गहुँ आयात हुने गरेको खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठ बताउँछन् । बजार भाउ उकालो लागेको भएतापनि नेपालमा चामल र गहुँको मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपाने बताउँछिन् ।

‘दिल्लीको लकडाउन अझै बढ्यो भने त्यसको असर नेपालको दैनिक उपभोग्य वस्तुमा देखिन सक्छ,’ न्यौपाने भन्छिन्, ‘यतिबेला हामीसँग चामल, धान र गहुँ यथेष्ट मात्रामा छ । बुधवारसम्म २ लाख ९३ हजार २ सय क्विन्टल खाद्यान्न मौज्दात छ ।’ यद्यपि लामो समय कोभिडको संक्रमण रहिरहेमा भने मौज्दात घट्न सक्छ । साथै, अन्य खाद्य सामग्रीको आपूर्तिका लागि निजी क्षेत्र पनि सक्रिय हुनुपर्ने उनको भनाइ छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested