English

जीवनमा परिवर्तन ल्याउने स्वामी विवेकानन्दका १० वाणी



स्वामी विवेकानन्दको बारेमा हामी सबैलाई थाहा छ । मानव जातीका लागि ठूलो योगदान गरेर सन् १९०२ जुलाई ४ मा यस धर्तीबाट विदा भएका थिए । पच्चिस वर्षको उमेरमा नै सांसारिक मोह त्याग गरी सन्यासी बनेका विवेकानन्द जीवनभर मानव कल्याणका लागि समर्पित भए ।

-आफूलाई कमजोर सम्झनु सबैभन्दा ठूलो पाप हो ।

-ब्रम्हाण्डको सबै शक्ति हामीभित्र छ। तर हामीले आफ्ना आँखा आफ्नै हातले ढाक्छौं अनि संसार निकै अन्धकार रहेछ भनेर गुनासो गर्छौं ।

-सिक्ने र अनुभव बटुल्ने कार्यलाई जीवनभर निरन्तरता दिनुहोस् किनकी अनुभव नै सबैभन्दा ठूलो गुरु हो ।

-हामीले कहिल्यै पनि अरुको निन्दा गर्नु हुँदैन । यदि कसैलाई सहयोग गर्न सक्नुहुन्छ भने सहयोग गर्नुहोस् । यदि सहयोग गर्न सक्नुहुन्न भने अञ्जुली जोडेर आशिर्वाद दिनुहोस् र अगाडि बढ्न प्रेरित गर्नुहोस् ।

-यदि कसैले तपाईलाई गालि गर्छ भने बदलामा आशिर्वाद दिनुहोस् । किनकी गाली गर्ने मानिसले तपाईको झूठो दम्भ देखाएर तपाईलाई नै मद्दत गरिरहेका छन् भनेर बुझ्नुपर्छ ।

-ज्ञान आफैंमा वर्तमान हो । मानिसले त केबल ज्ञानको आविष्कार मात्रै गर्नसक्छ ।

-जबसम्म तपाईले आफैंलाई विश्वास गर्नुहुन्न तबसम्म तपाईले भगवानप्रति विश्वास गर्न सक्नुहुन्न ।

-हामीले जति बढी अरुको भलाइ गर्छौं, त्यति नै हाम्रो आत्मा शुद्ध हुन्छ र हाम्रो आत्मामा परमात्माको वास हुन्छ ।

-तपाईले भित्रैदेखिनै आफूलाई विकसित गर्नपर्छ । कसैले पनि तपाईलाई ज्ञानी बनाउन सक्दैनन् । कसैले पनि तपाईलाई आध्यात्मिक बनाउन सक्दैनन् । आत्मा नै तपाईको सर्वश्रेष्ठ गुरु हो।

-कहिलेकाहीं मन र दिमागबीच अन्तर्विरोध वा टकराव हुने गर्छ । यस्तो अवस्थामा मनको कुरा नै सुन्नुहोस् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested