English

शारीरिक सुगठनः उमेशलाई रजत पदक



नेपाली शारीरिक सुगठनका खेलाडी उमेश राईले ५४औं शारीरिक फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि बुधबार रजत पदक जितेका छन् । मालदिभ्समा जारी प्रतियोगिताको ८० केजी तौलमा उमेशले रजत पदक प्राप्त जितेका हुन् ।

८ खेलाडी सहभागी सो प्रतिस्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण पदक र थाईल्याण्डका पतैवात अलकावातले कास्य पदक प्राप्त गरेका थिए ।

यसअघि फिटनेस फिजिकतर्फ १७० से.मि. सम्मको प्रतिस्पर्धामा राजु राईले नेपालका लगि कास्य पदक प्राप्त गरेका थिए । तीन खेलाडी सहभागिता रहेको च्याम्पियनसिपमा महिलातर्फ एथलेटिक फिजिकमा सुजिता मानन्धरले छैटौं स्थान हात पार्न सफल भएको ब्यवस्थापक एवं उपाध्यक्ष राजभण्डारीले जानकारी गराए ।

खेलाडीहरुको मनोबल उच्च राख्नका लागि नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई १ लाख र काँस्य पदक प्राप्त खेलाडीलाई ७५ हजार नगदले सम्मान गर्ने घोषणा गरेको समेत ब्यवस्थापक राजभण्डारीले बताए ।

यसै क्रममा नेपालले २०२३ मा आयोजना गर्ने ५५ औँ एसियन शारीरिक सुगठन प्रतियोगिताका लागि नेपालका तर्फबाट अध्यक्ष राजेश बाबु श्रेष्ठ र एशियन फेडेरेसनका तर्फबाट दातुक पउल चुवाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रतियोगितामा भारतका एतीनदर सिंहले मि‍‍‍‍. एसियाको उपाधि जितेका थिए । नेपाली टोली शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको ब्यवस्थापक राजभण्डारीले जानकारी गराए ।

यो पनि…
राजुले जिते एसियन शारीरिक सुगठनमा कास्य पदक
आइपिएल : पञ्जाबको जित, विराट कोहलीको कति रन ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested