English

सिंगापुर प्रहरीमा कार्यरत नेपालीहरु कसको मातहतमा छन् ?



राष्ट्रिय सभाका सांसद सुरेश कुमार आलेमगरले सिंगापुर प्रहरीमा कार्यरत नेपाली हरुमाथि अन्याय भएको बताएका छन् ।

सोमबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले नेपालीहरु सिंगापुर प्रहरीमा बेचिएको दाबी समेत गरे ।

‘सन् १९४९ देखि सिंगापुर प्रहरीमा नेपालीलाई लगियो । सुरुमा १४९ जना लगिएको थियो, अहिले २ हजार नेपाली सिंगापुर प्रहरीमा क्रियासिल छन्,’ सांसद आलेमगरले भने, ‘उनीहरुको पहिचान स्पष्ट छैन । सिंगापुर प्रहरीमा कार्यरत नेपालीको सम्बन्ध कोसँग छ– बेलायत वा सिंगापुर सरकारसँग ?’

बेलायत सरकारले छनोट गरेर नेपाली युवाहरुलाई लग्ने र केहीलाई बेलायती सेनामा र केहीलाई सिंगापुर प्रहरीमा पठाउने गरेको उनले बताए । उनीहरुको तलव सिंगापुर सरकारले उपलब्ध गराउने तर मुल जिम्मेवारी कसको हो भन्ने स्पष्ट नभएको उनले जनाए ।

बेलायतमा भएका बेलायत सरकारको मातहतमा छन् तर सिंगापुरमा कार्यरतहरु को मातहत छन् ? उनीहरुले पाउने तलव भत्तामा विभेद छ । उनीहरुले मात्र ५८५ सिंगापु्र डलर पाउँछन् । १९४९ मा जति तलव थियो त्यतिनै अहिले पाउँछन् ।

‘बेलायतमा भएका बेलायत सरकारको मातहतमा छन् तर सिंगापुरमा कार्यरतहरु को मातहत छन् ?’ सांसद आलेमगरले भने, ‘उनीहरुले पाउने तलव भत्तामा विभेद छ । उनीहरुले मात्र ५८५ सिंगापु्र डलर पाउँछन् । १९४९ मा जति तलव थियो त्यतिनै अहिले पाउँछन् ।’

सिंगापुर प्रहरीमा कार्यरत परिवारका सदस्य त्यहाँ गएपछि ब्यारेक भित्र कैदीबन्दी जस्तो बनेर बस्नुपर्ने उनले जनाए । प्रहरीका परिवारलाई सिंगापुरमा नोकरी गर्न नदिइने समेत उनले बताए ।

‘परिवारको काम सन्तान उत्पादन गर्ने बाहेक केही छैन । त्यहाँ कार्यरत प्रहरीका छोराछोरी २१ वर्ष पुरा भएपछि स्वदेश फर्किनुपर्छ । यस्तो समस्या ब्रिटिस गोर्खामा कार्यरतमा छैन,’ उनले भने ।

यो पनि…
यही हो बेला, जनताले विवेक प्रयोग गर्ने
नत्र यो सरकारलाई ‘नालायक’ भनिनेछ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested