English

महिलाको मन : चुरा,पोते र मेहेन्दीमा

साउन महिना लागेसँगै चुरा र मेहेन्दीको व्यापारमा वृद्धि


भक्तपुर नगरपालिका–५ की हिरा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो चुरा, घाँटीमा रातो, पहेँलो र हरियो मिश्रित पोते लगाएकीछिन् । उनले दुवै हत्केलामा बुट्टेदार मेहेन्दी पनि लगाएकी छिन् । त्यसैगरी पहेँलो सारीमा सजिएकी हिराकी साथी सीताले दुवै हातमा हरियो चुरा, गलामा पहेँलो र हरियो मिश्रित पोते लगाएकीछिन् भने हत्केला र खुट्टा बुट्टेदार मेहेन्दीले भरिएको छ ।

साउन महिनामा विवाहित नारीले हरियो, पहेँलो र रातो रङका पहिरन हरियो चुरा, हातमा मेहेन्दी लगाई सोमबार शिवजीको व्रत बसे श्रीमान्को आयु लामो हुने र आफू पनि सौभाग्यवती हुने भन्ने विश्वासले साउनमा हरियो, पहेँलो पहिरन, चुरा र मेहेन्दी लगाउने फेसन नै चलेको छ । खस आर्य समुदायका महिलाबाट शुरु भएको फेसन अहिले स्थानीय नेवार समुदायका महिलाहरुमा समेत फैलिएको छ । यससँगै श्रृङ्गारका सामग्रीको व्यापार गर्ने कस्मेटिक व्यवसायीको व्यापार पनि बढेको छ ।

हिन्दु परम्पराअनुसार साउन १ गते सङ्क्रान्तिको दिन लुतो फालिन्छ । तर पछिल्लो समय लुतो फाल्ने परम्परा हराउँदै गएको छ भने हरियो चुरा र मेहेन्दी लगाउने प्रलचन भने फैलिएको छ ।

साथीसँगीका हातमा चुरा र मेहेन्दी देखेपछि रहरले अरुले पनि हरियो, पहेँलो चुरा र हत्केलामा मेहेन्दी लगाउने गरेको आहा कलेक्सनका रेनु मानन्धरले बताए । त्यसैले अन्य महिनामा भन्दा साउनमा चुरा, पोते र मेहेन्दीको व्यापार तेब्बर बढ्ने गरेको उनको भनाइ थियो । ‘अहिले त झन फेन्सी डिजाइनको रङ्गीन चुरा र पोते आएको छ, राख्न नपाउँदै विक्री भइहाल्छ’, उनले सुनाए ।

सबै देवीदेवतालाई मन पर्ने महिनाका रूपमा साउन महिनालाई लिने भएर महिलाहरुले साउन महिनाभरि हातमा हरियो चुरा र मेहेन्दी लगाउने श्रृङगार कस्मेटिक पसलकी राधा श्रेष्ठले बताइन । ‘साउन महिना प्राकृतिकरूपमा हरियो महिना हो । जता गए नि हरियाली नै हरियाली देखिन्छ । त्यसैकारण साउनमा हामी महिलाहरु पनि प्रकृतिसँग जोडिएको हिस्साका रूपमा हरियो चुरा लगाउने परम्परा बसालिएको हो’, उनले भने, ‘साउन महिना धार्मिक, साँस्कृतिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ । हरियो रङ प्रेम र वातावरणको प्रतीक मानिन्छ ।’ साउनमा विशेषरूपमा मनाउने सोमबार व्रत बस्ने गरेकाले पनि रङ्गीन पहिरनसँगै बजारमा हरियो चुरा, मेहेन्दी र पोतेको व्यापार बढेको उनले बताए ।

पछिल्लो समय साउन महिनामा विवाहित होस् या अविवाहित महिला, सिँगारपटार गरी हातमा हरियो चुरा हत्केलामा र खुट्टामा मेहेन्दीले सजिएर हिँड्नेहरुको कमी छैन । यही कारणले पनि कस्मेटिक पसलहरुमा व्यापार व्यवसाय वृद्धि भएको देखिन्छ ।

भक्तपुर व्यासीको श्रृङगार कस्मेटिक पसलकी राधाले साउन महिनामा अरु महिनाभन्दा दोब्बर तेब्बरै नै व्यापार हुने बताइन । ‘यो महिना महिलाहरुले आफू सुन्दर बन्न कुनै पनि सामान किन्न कन्जुस्याईं नै गर्दैनन्, जति भन्यो त्यति नै तिरेर सामान लान्छन् । अझ फेन्सी प्रकारको नयाँ के समान आएको छ, त्यसको माग गर्छन’,उनले भने ।

उनका अनुसार अरुबेला दैनिक दैनिक रु आठदेखि १५ हजारको श्रृङ्गारका सामग्री बेच्ने कस्मेटिक पसलले साउनमा मेहेन्दी, पोते र चुरामात्र दैनिक २५ देखि ५० हजारसम्म व्यापार गर्दछन् ।

साउन महिनाका लागि असारको पहिलो हप्तादेखि नै सामान सङ्कलन गर्नुपर्ने राधाले बताइन । ‘असार शुरु भएसँगै साउनका लागि सामानको जोहो गर्न सके राम्रै व्यापारसँगै कमाइ पनि हुन्छ’, उनले भने । साउन महिनामा हरियो चुरा र मेहेन्दी लगाउने एउटा परम्परा जस्तै बनिसकेको छ । हिन्दू संस्कार मान्ने खस आर्य समुदायका महिलाले मात्र होइन अन्य जातजाति, समूहका महिलासमेत यस परम्परामा जोडिएका छन् । हिन्दू धर्मावलम्बीहरुले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्ने परम्परा भएकोले पनि साउन महिनालाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिइने संस्कृतिकर्मीहरु बताउँछन् ।

यो पनि…
एकलैनी बजारमा ‘साउने व्यापार’
शिवालयहरुमा भक्तजनको भिड (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested