English

पोलेको मकैले धानेको जीवन



दाङः घामको तातो एकातिर, आगोको राप अर्कातिर । शरीर पसिनाले भिजेको छ, हत्केलामा चिम्टा समाउँदा ठेला परेका छन् । कोइला र खरानीले मुहारमा दाग देखिन्छ । लमही नगरपालिका–५ निवासी प्रेमा वली यस्तै दैनिकीका साथ पाँच वर्षदेखि लमही बसपार्कको छेउमा मकै पोलेर बेच्दै आउनुभएको छ ।

साठी वर्षीया वलीले आफ्नै पाखुरीले कमाएको पैसाबाट जीवन चलाएकी छिन् । श्रीमानले दोस्रो बिहे गरेर अलग्गै बस्न थालेदेखि आफ्ना दुःखका दिन सुरु भएको उनले बताइन् ।

दाङको देउखुरी क्षेत्रमा बाह्रै महिना मकै खेती हुन्छ । उनको मकै व्यापार पनि बाह्रै महिना हुन्छ । तातो घाममा आगोको रापमा पसिनाका धारा पुछ्दै मकै पोलेको कमाइबाट छोरालाई १२ कक्षासम्म पढाएको वली बताउँछिन् ।

दाङको देउखुरी क्षेत्रमा बाह्रै महिना मकै खेती हुन्छ । उनको मकै व्यापार पनि बाह्रै महिना हुन्छ । तातो घाममा आगोको रापमा पसिनाका धारा पुछ्दै मकै पोलेको कमाइबाट छोरालाई १२ कक्षासम्म पढाएको उनी बताउँछिन् । उनले बिहान किसानले बेच्न ल्याएको मकै किनेर बेलुकासम्म पोलेर बेच्छिन् । पोलेको एउटा मकै रु २५ मा दिनमा १०० वटा जति बिक्री हुन्छ ।

घोराही उपमहानगरपालिका–१८ निवासी भिमीदेवी मल्ल सडकको किनारामा मकै पोलेर दैनिकी चलाउँछिन् । तातो घाम होस् या पानीको झरी, आगोमा मकै पोली बटुवालाई कुरेर बसेको भेटिन्छिन् । उमेर ७१ वर्ष भयो तर पनि दुखले उनलाई छाडेको छैन । घोराहीको व्यस्त सडक माध्यमिक विद्यालय रझेना जाने बाटोको छेउमा पिपलको चौतारीमुनि मकै पोलेर आफ्नो गुजारा चलाउँदै छिन् ।

घर खर्च र बिरामीले थला परेका श्रीमानको उपचार खर्च मकै पोलेर आएको पैसाबाट चलेको छ । भिमीदेवीका श्रीमान् दानबहादुर मल्ल दुई वर्ष अगाडिदेखि उच्च रक्तचापका कारण बिरामी छन्, उनका हातगोडा चल्दैनन् । श्रीमानको औषधि र खाने खर्च यही मकै पोलेरै जुटाउँछिन् ।
‘अलि रात पर्यो भने आँखाले देख्दैन, झिसमिसे साँझमै घरमा पुग्नुपर्छ । दिनभरि आगोमा मकै पोल्दा साँझ आँखा पिरो भएर धमिलो हुन्छ । दिनभरि घरमा एक्लै छोडेको श्रीमानको स्याहारमा जुट्नुपर्छ’, भिमी भन्छिन्, ‘खाना बनाउन जाँगर नलागेको दिनमा दिउँसो बचेको एक, दुई घोगा मकै खाएर रात कटाउछु । बिरामीले मकै खान सक्नुहुन्न, दूध र पाउरोटी खान दिएर सुत्छौँ ।’

भिमी भन्छिन्, ‘खाना बनाउन जाँगर नलागेको दिनमा दिउँसो बचेको एक, दुई घोगा मकै खाएर रात कटाउछु । बिरामीले मकै खान सक्नुहुन्न, दूध र पाउरोटी खान दिएर सुत्छौँ ।’

लमही नगरपालिका–६ की ३५ वर्षीय रुपा भण्डारीले लमही भालुवाङ सडक छेउमा मकै पोल्न थालेको तीन वर्ष भयो । लमहीमा मकै सधैँ सहजै पाइन्छ । पूर्वपश्चिम सडकमा गाडी बिसाउने ठाउँमा मकै बेच्ने गरेको देखेर यात्रु आफैँ गाडी रोकेर मकै किन्न आउने गरेको बताइन् । रुपाले भन्छिन्, दिनभरि मकै बेचेर आएको पैसाले घरमा खानेकुरा लगेर गुजारा चलाउने गरेकी छु ।’ उनले दैनिक ४ सय देखि ७ सय सम्म आम्दानी हुने गरेको जनाइन् ।

घोराही, तुलसीपुर, लमहीका मुख्य सडकमा तातो घाममा मकै पोलेर धेरै महिलाले सङ्घर्ष गरेर जीवन निर्वाह गरिरहेका छन् । यस क्षेत्रमा अन्य आम्दानीको बाटो नभएपछि मकैको सहाराले जीवन चलाउनेको संख्या धेरै छ । लमही नगरपालिका उपप्रमुख देवका बेलवासेले सडक छेउमा व्यापार गर्नेलाई व्यवस्थित गर्ने कामको थालनी गरिएको जनाइन् । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested