English

राइज मिडिया नेटवर्कको झन्डा सगरमाथामा फहरिने



राइज मिडिया नेटवर्कको लोगो अंकित झन्डा सगरमाथामा फहरिने भएको छ । १५ औं पटक सगरमाथा आरोहण गर्न लागेका कीर्तिमानी पर्वतारोही फुर्वा तेन्जिङ शेर्पाले उक्त झन्डा चुचुराेमा फहराउनेछन् ।

सोमबार नेटवर्कको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत निर्मल श्रेष्ठ, निर्देशक पब्लिक रिलेसन्स सुनिता दुलाल, प्रधान सम्पादक अनुप के बराल, बोर्ड सदस्य खड्ग परियार, बोर्ड सदस्य कासिम मिँया लगायतले शेर्पालाई आरोहण सफलताको शुभकामना दिँदै संस्थाको लोगो अंकित झन्डा प्रदान गरेका थिए ।

कम उमेर (२४) मा धेरैपटक सगरमाथा चढ्ने किर्तिमान बनाएका शेर्पा मंगलबार विहान सगरमाथा आधारशिविरतर्फ प्रस्थान गरेका छन् । राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०१७ का विजेता, नेपाल भ्रमण वर्ष २०११ मानार्थ गुडविल एम्बास्डर तथा वि विल राइज फाउन्डेशनका गुडविल एम्बासडरसमेत रहेका शेर्पाको परिवारले यसपाली अर्को कीर्तिमान हासिल गर्ने लक्ष्य लिएको छ ।

फुर्वाकी कान्छी बहिनी निमा ल्हामु शेर्पा पनि उनीसँगै सगरमाथा आरोहण गर्दैछिन् । याे सफल भए विश्वमै एकै परिवारका धेरै सदस्य आरोहणकाे कीर्तिमान बन्नेछ । निमा मिस टिन शेर्पा २०१९ की पब्लिक च्वाइस अवार्ड विजेतासमेत हुन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

Latest










Popular
Suggested