English

नासाले रच्यो इतिहास : मंगल ग्रहमा उड्यो हेलिकप्टर



नासाको दुई किलो तौल भएको हेलिकप्टरले मंगल ग्रहमा उडान भरेर इतिहास रचेको छ । सानो आकारको यो हेलिकप्टर उडानको समयमा १० फीटको उचाईमा जान सफल रह्यो । यो धर्ती बाहेक अन्य दोश्रो ग्रहमा हेलिकप्टर उडेको पहिलो उडान थियो । यसलाई लिएर नासा साइन्स मिशन डाइरेक्ट्रेटको एसोसिएट एडमिनिस्ट्रेटर थोमस जुरबुकेनले सम्पूर्ण टीमलाई बधाई दिएका छन् । साथै उनले यस्तो अवसर पहिला नआएको समेत बताए ।

राइट ब्रदर्सले धर्तीमा पहिलो उडान भरेको ११७ वर्षपछि नासाका इन्जेन्भिनिटीले धर्तीबाट २८.९३ करोड किमी टाढा दोश्रो ग्रह (मंगल) मा सफलतापूर्वक उडान भरेका हुन् । राइट ब्रदर्सले उडान भर्नु र इन्जेभिनिटीले मंगल ग्रहमा उड्नु दुवै गौरवशाली र अविस्मरणी पल हुन् । यी दुवै उडान आज आएर आपसमा जोडिएका छन् । थोमसले हेलिकप्टर इन्जेन्भिनिटीको एयरफील्डलाई राइट ब्रदर्स फील्डको नाम दिइएको थियो ।

यस उडानको समयमा नासाले लाइभ प्रसारण पनि गरेको थियो । यस उडान भन्दा पहिला नासाले यससँग जोडिएका प्रश्नको मिडियालाई उत्तर दिएको थियो ।

नासाका अनुसार धर्तीमा उडान भर्ने हेलिकप्टरको ब्लेड एक मिनेटमा ४००-५०० राउण्ड घुम्छ । मार्समा पठाइएको हेलिकप्टर इन्जेन्भिनिटीको ब्लेड उडानको बेला २५ सय राउण्ड प्रति मिनेटको रफ्तारमा घुम्छ । अर्थात् इन्जेन्भिनिटीको ब्लेड धर्तीमा उड्ने हेलिकप्टरको तुलनामा चार गुणा तीव्र रुपमा घुम्छ ।

यस उडानको समयमा नासाले लाइभ प्रसारण पनि गरेको थियो । यस उडान भन्दा पहिला नासाले यससँग जोडिएका प्रश्नको मिडियालाई उत्तर दिएको थियो । नासाको तर्फबाट प्रश्नको जवाफ दिनका लागि नासा साइन्स मिशन डाइरेक्टरका एसोसिएट एडमिनिस्ट्रेशटर थोमस जुरबुकेन, जेपीएल डाइरेक्टर मिशले वाटकिन्स, नासाका जेट प्रपल्शन ल्याबमा मार्स हेलिकप्टरका प्रोजेक्ट म्यानेजर मीमी अन्ग इन्जेन्भिनिटीका चीफ इन्जिनियर बब बलराम थिए ।

मंगल ग्रहको वातावरणमा उडान भर्नु धर्तीको तुलनामा गाह्रो

लाइभ स्ट्रिमिङको क्रममा नासाले इन्जेन्भिनिटीलाई मंगल ग्रहको वातावरणमा उडनु धर्तीमा उड्नुभन्दा गाह्रो रहेको बताएकोृ थियो । तर तर लाइभका बेला यो पनि गाह्रो नरहेको लेखिएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested