English

इक्सभिला स्टार्टअप वर्ल्डकपको नेपाल च्याम्पियन



स्टार्टअप वर्ल्डकपको नेपाल च्याम्पियनमा टाटु डिजिटलाइज गर्ने स्टार्टअप इक्सभिला छनौट भएको छ ।

स्टार्टअप वर्ल्डकप नेपाल रिजनल कम्पिटिसनको फाइनलमा रहेका १५ कम्पनीलाई पछि पार्दै इक्सभिला नेपालको च्याम्पियन बनेको हो ।

स्टार्टअप वर्ल्डकपको रिजनल पार्टनर स्टार्टअप हब नेपालले बुधबार नेपालको फाईनल व्याटल आयोजना गरेको हो । स्टार्टअप वर्ल्डकपको उद्घाटन गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका सम्पुर्ण संयन्त्रनै नयाँ सोच र धारणाका साथ आएमा नेपालले स्टार्टअप मुभमेन्टमा फड्को मार्ने बताएका थिए ।

विश्वका ७० भन्दा बढि देशहरुमा हुने स्टार्टअपको विश्वकप नेपालमा गत वर्षदेखि मात्रै हुन थालेको हो । वर्ल्ड ट्रेड ग्रुप नेपालको भगिनि संस्था स्टार्टअप हब नेपालले जनाए अनुसार अब गत बर्षको विजेटा ट्याक्सिमाण्डु र यस बर्षको विजेता इक्सभिला सेप्टेम्बरमा सिलिकन भ्यालिमा हुने विश्व प्रतिस्पर्धामा सहभागी हुनेछन् ।

दुवै च्याम्पियन स्टार्टअपलाई आयोजकले नै अमेरिकामा प्रतिस्पर्धामा लैजाने स्टार्टअप हब नेपालका अध्यक्ष डा.शम्भु पोखरेलले बताए ।

देशभरबाट स्टार्टअप विश्वकपका लागी प्रतिस्पर्धामा सहभागी हजारौं स्टार्टअपहरुबाट उत्कृष्ट १५ स्टार्टअप आयोजकले छानेका थिए । बुधबार छानिएका १५ स्टार्टअपबीच प्रतिस्पर्धा भएको हो । छानिएका उत्कृष्ट स्टार्टअपहरुमा गेम सम्बन्धि एप–डार्क म्याटर्स, शिक्षा प्रविधि सम्बन्धि स्टार्टअप–वेद, इन्टर्याक्टिभ लर्निङ चिम्पभाईन, मेन्टल हेल्थ स्टार्टअप–ह्याप्पी माइन्डसलगायत रहेका थिए ।

बुधबारको नेपालको फिनालेमा उत्कृष्ट ५ स्टार्टपहरु पनि छानिएका छन् । उत्कृष्ट ५ स्टार्टअपहरुमा च्याम्पियन इन्सभिल्लासँगै दोश्रोमा वेद, तेश्रोमा स्किल सेवा, चौथोमा ह्यापि माइन्डस र पाँचौमा डिजिटल एज नेपाल पर्न सफल भएका छन् । उत्कृष्ट भएका ती ५ स्टार्टअपहरुलाई एमेजनको एडल्युएसले एक हजार डलर बराबरको क्लाउड पुरस्कार दिने घोषणा गरेको छ ।

त्यसैगरि उत्कृष्ट तीन स्टार्टअपलाई स्टार्टअपहब नेपालले प्रतिकम्पनी १० लाख रुपैंयाको लगानी पुरस्कार दिने घोषणा गरेको छ ।

विश्वका विकसित र धनी देशहरुमा मात्र हुनेगरेको स्टार्टअप नेपालमा भित्रिएसँगै नेपालको कुनै कुनामा रहेको नयाँ सोचले समेत विश्वको इन्नोभेसन हेडक्वाटर भनेर चिनिले सिलिकन भ्यालीमा गएर प्रतिस्पर्धा गर्ने बाटो खुल्ने अवस्था सिर्जना भएको स्टार्टअप हब नेपालले जनाएको छ ।

यो पनि…
‘फेसियल हाउस’ को १४औं वार्षिकोत्सवमा पूजा र भवानीले काटे केक

सृष्टि र मन्दिप ‘मिस्टर एण्ड मिस नेपाल टिन’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested