English

नेत्रधामले गर्यो निशुल्क स्वास्थ्य जाँच र उपचार



स्वास्थ्य जनचेतना दिने उद्देश्यले एक दिने निशुल्क स्वास्थ्य जाँच तथा उपचार शिविर सम्पन्न भएको छ ।

शनिवार गुरुद्वारा गुरुनानक सत्सङ्ग, कुपण्डोलमा आयोजित उक्त स्वास्थ्य शिविर नेत्रधाम फाउण्डेशन, नेत्रधाम आई केयर प्रालि र ललितपुर महानगरपालिका वडा नम्बर १० कार्यालय,कुपण्डोल द्वारा संचालन गरिएको थियो ।

बिहान ८ बजेबाट संचालित उक्त शिविर दिउँसो ३ बजेसम्म गरिएको थियो । शिविरमा करिब पाँच सयभन्दा बढी सर्वसाधारणले स्वास्थ्य परिक्षण गराएका थिए ।

आँखा जाँचका लागि डा. संयम बजिमय र डा.संगीता श्रेष्ठको टोली सक्रिय थिए । त्यसैगरी नाक, कान, घाँटीका लागि डा. लुना माथेमाको टोली र मधुमेह थाईराइडका लागि फिजिसियन डा. दिपक मल्ल पनि सहभागी थिए ।

शिविरमा ३०५ जनाले आँखा जाँच, ११९ जनाले नाक/कान र घाँटी परिक्षण र ८२ जनाले मधुमेह,थाइराइड सम्बन्धी स्वास्थ्य जाँच गराएका थिए । शिविरमा निशुल्क मधुमेहको जाँच पनि गरिएको थियो । रगत जाँचका लागि विशेष छुटको पनि व्यवस्था थियो ।

उक्त स्वास्थ्य शिविरको लागि आर्थिक सहयोग नेत्रधाम फाउण्डेशनले गरेको थियो । स्वास्थ्य उपकरण, औषधि, चश्मा र प्राविधिक सहयोग नेत्रधाम आई केयरको तर्फबाट व्यवस्था गरिएको थियो । स्थलगत सहयोग र स्वास्थ्य स्वंयसेवक परिचालन भने वडा कार्यालय र गुरुद्वाराबाट भएको थियो ।

आँखा,स्वास्थ्य जाँचपछि आवश्यक थप उपचारको लागि बिरामीहरुलाई नेत्रधाम आई केयर सेन्टरमा व्यवस्था मिलाइएको थियो ।

नेत्रधाम फाउण्डेशनका अध्यक्ष तथा नेत्रधाम आई केयरका चिकित्सक डा.संयम बजिमयको नेतृत्वमा संचालन भएको उक्त स्वास्थ्य शिविर ललितपुर १० नम्बर वडाका आँखा रोगी तथा मधुमेह भएका बिरामीहरु र सर्वसाधारणलाई निशुल्क स्वास्थ्य सेवा दिन लक्षित गरिएको थियो ।

डा. बजिमयले स्वास्थ्य सबैको मौलिक अधिकार भएकोले नेत्रधाम फाउण्डेशनले सरकारी तथा गैरसरकारी संस्थासंगको समन्वयमा आगामी दिनमा पनि सामुदायिक स्वास्थ्य कार्यक्रमहरु ल्याउने प्रतिबद्धता जनाएका थिए ।

यो पनि…
यसकारण नेत्रधाम विश्वासिलो बन्यो (भिडियो पनि)
दूधमा घ्यू मिसाएर पिउँदा के हुन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested