English

संकटमा पाकिस्तानी फिल्म



पाकिस्तानका कलाकारहरू भलै बलिउड फिल्ममा नदेखिए पनि उनीहरूका फ्यान फलोइङ भारतमा उच्च छ । चाहे माहिरा खान हुन् या फवाद खान भारतीय फ्यानमाझ पाकिस्तानी कथावस्तु र कलाकार दुवै निकै प्रिय छन् । पाकिस्तानका टेलिफिल्मलाई भारतीय दर्शक जहाँबाट भए पनि खोजेर हेर्ने गरेका छन् ।

तर, अहिले भने पाकिस्तानी फिल्म एक कठिन संकटमा परेको छ । दर्शक थिएटरमा फिल्म हेर्न गइरहेका छैनन् । सिंगल थिएटरमात्र होइन मल्टीप्लेक्स हल पनि संकटमा पुगिसकेका छन् । थिएटर तथा हललाई भाडा र बिजुलीको बिल तिर्न पनि समस्या परेको छ ।

कराँचीमा एक लोकप्रिय थिएटर कापरी सिनेमाले फिल्म प्रदर्शनका लागि नयाँ नियम बनाएको छ । जसअनुसार यो सिंगल थिएटरमा अब हप्ता हप्तामा मात्र फिल्म रिलिज हुनेछ । यसको प्रमुख कारण पाकिस्तानी जनतालाई पुनः थिएटरमा तान्नु हो ।

कोभिड संक्रमण रोकिएपछि जब पाकिस्तानी सरकारले पुनः थिएटर खोल्नका लागि अनुमति दियो, तब थिएटर मालिक कसैले पनि सटर उठाउन चाहेनन् । पाकिस्तानमा बलिउड फिल्मको शो बन्द भएपछि नै फिल्मका वितरक, निर्माता र थिएटर मालिकबीच एक शीतयुद्ध चलेको थियो । कोभिडका कारण पटक पटक फिल्म हल बन्द भएपछि त्यहाँको फिल्मको व्यापारको अवस्था झन खस्कियो ।

हलिउडको ‘डाक्टर स्ट्रेन्ज एण्ड द मल्टीवर्स अफ मेडनेस’ र ‘टप गनः मेवेरिक’ जस्ता फिल्मको टिकट बिक्न त बिक्यो, तर फिल्मले त्यहाँ दमदार कमाई गर्न सकेन । एक थिएटर सञ्चालकले यस्तै अवस्था आइरहे आफूले व्यापार बन्द गर्ने बताए । किनकी थिएटरमा खर्च कमाई भन्दा बढी छ ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र