English

बलिउडमा पाइला चाल्दै यी साउथस्टार



साउथ होस् या बलिउड हालका दिनमा केमियोको चलन तीब्र रुपमा बढिरहेको छ । बलिउडमा मात्र होइन, साउथमा पनि यस्ता कैयौं स्टरा छन्, जस्को स्टार पावर कुनै पनि फिल्मलाई हिट बनाउनका लागि काफी छ । पछिल्लो समयमा बलिउडमा साउथ स्टारहरुले धमाधम केमियो गरिरहेका छन् ।

रामचरण तेजा साउथका सुपरस्टार हुन् । हालै रिलिज फिल्म ‘आरआरआर’मा उनको अभिनयको तारिफ भएको थियो । साउथमै रिलिज उनको फिल्म ‘आचार्य’ पनि हिट साबित भएका थियो । यिनै रामचरण बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘कभी इद कभी दिवाली’मा केमियो गर्दैछन् ।

शाहरुख खानको फिल्म ‘जवान’को पोस्टर केही दिनअघि रिलिज भएको थियो । यो पोस्टरमा शाहरुख पट्टी बाँधेर अनौठो रुपमा देखिएका थिए । यो फिल्ममा साउथ अभिनेत्री नयनतारा शाहरुखको अपोजिटमा छिन् । यो फिल्ममा साउथ सुपरस्टार थलापति विजय पनि केमियो भूमिकामा देखिँदैछन् ।

अर्का साउथ स्टार सूर्याले फिल्म ‘जय भीम’बाट अभिनयको तारिफ राम्रो पाए । उनी चाँडै अक्षय कुमारको फिल्ममा देखिँदैछन् । सूर्या साउथको फिल्म ‘सोरारई पोटरु’मा प्रमुख भूमिकामा देखिएका थियो । अब यो फिल्मको हिन्दी रिमेक बन्दैछ, जसमा सूर्याकै अभिनय रहनेछ ।

अभिनेत्री रश्मिका मन्दानासँग हालका दिनमा बलिउडका तीन फिल्म छन् । उनी सिद्धार्थ मल्होत्राका साथ ‘मिसन मजनू’मा देखिँदैछिन् । यसबाहेक विकास बहलको ‘गुडबाय’मा अमिताभ बच्चन र नीना गुप्ताका साथ देखिँदैछिन् । यसबाहेक उनी रणवीर कपूरका साथ फिल्म ‘एनिमल’मा पनि देखिँदैछिन् ।

नागा चैतन्य हालका दिनमा आफ्नो निजी जीवनलाई लिएर चर्चामा छन् । उनी आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’मा केमियो गर्दैछन् । यो फिल्मका लागि उनलाई आमिरले नै प्रस्ताव गरेका थिए ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested