English

५१ वर्षपछि कोतगढी फर्कियाे सुन्दरी तोप



ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा पुर्नस्थापना गरिएको छ । ०२८ सालअघिसम्म दैलेखको कोतगढीमा रहेको तोप ०२८ सालमा ज्वाला दल गण सरेर सुर्खेतमा आउँदा त्यहाँ सुरक्षित नहुने भनेर सेनाकाे गणसगैँ सुर्खेत ल्याइएको थियो ।

करिब ५१ वर्ष सुर्खेतमा रहेको तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख लगिएसँगै नारायण नगरपालिका-१ मा रहेको कोतगढीमा पुनः राखिएको दैलेखको नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले जानकारी दिए । 

कोतगढीमा राखिएकाे तोप संरक्षणसँगै पूर्ण व्यवस्थापनको जिम्मेवारी नारायण नगरपालिकालाई दिएकाे नेपाली सेनाका उपरथि प्रेम शाहीले बताए । यसले दैलेखको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरेकाे उनले बताए । 

०२८ सालमा दैलेखको ऐतिहासिक कोतगढीमा राखिएका अर्गा र सुन्दरी तोप सुर्खेत पुर्याइएको थियो । सुन्दरी तोप ५१ वर्षपछि दैलेख फर्काइए पनि अर्गा तोप कहाँ छ भन्ने खुल्न सकेको छैन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested