English

पृथ्वी बाहिरको पहिलो उडान : मंगल ग्रहमा उड्दै हेलिकप्टर



मंगल ग्रहमा यदि सबै कुरा सही भइरह्यो भने नासाको हेलिकप्टर इन्जेन्यूटीले सोमवार उडान भर्न सक्ने बताइएको छ । यो हेलिकप्टरले मंगल ग्रहमा भीषण गर्मीको सामना गरिरहेको छ । नासाले यस बारेमा जानकारी दिँदै यदि आफ्नो प्लान सक्सेस भएमा सोमवार हेलिकप्टरले ऐतिहासिक उडान भर्न सक्ने बताएको छ ।

पृथ्वी भन्दा बाहिर पहिलो पटक यो उडान भरिनेछ । यसमा सारा विश्वले ध्यान केन्द्रित गरेको छ । यो भन्दा पहिला ११ अप्रिलमा यो उडान भर्ने भनिए पनि टेक्निकको समस्याका कारण रोकिएको थियो ।

नासाको अफिशियल वेबसाइटमा उडानको लाइभ हुने

नासाले रोभरको जसरी नै यो हेलिकप्टरको मिशन सफल र असफल हुने जानकारी तत्काल नमिल्ने बताएको छ । योसँग जोडिएका डेटा पनि क्यालिफोर्नियाको टीमले पाउनेछ । त्यस्तै नासाको वेबसाइटमा यो उडानको लाइभ हेर्न सकिनेछ ।

हेलिकप्टमाथि नजर राखेको टीमले त्यसको सफ्टवेयरको पनि अपडेट राखेको छ । हेलिकप्टरले १६ अप्रिलमा र्‍यापिड स्पिन टेस्ट पास गरेको छ । यसको जानकारी डेटा आएपछि मात्रै भएको थियो । अब यसले पृथ्वीको कुनै सहायता बिना उडान भर्नुपर्नेछ ।

उडान सफल भए ४ फ्लाइट र टेस्ट गरिने

इन्जेन्यूटीको कण्डिशन ठीक रहेको छ । एनर्जी कम्युनिकेशन सिस्टमले पनि राम्रो किसिमले काम गरिरहेको छ । यदि हेलिकप्टर टेक अफ र केही टाढा घुम्न सफल भएमा मिशन ९० प्रतिशत सफल हुनेछ । यदि यसको ल्याण्डिङ सफल भएमा र त्यसपछि पनि सही काम गरिरहेमा चार फ्लाइट्स र टेस्ट गरिनेछ । यो पहिलो पटक गरिरहिएको टेस्ट हो ।

यो हेलिकप्टरको आवश्यक के हो ?

मंगल ग्रहमा यसको आवश्यक्ता यसको सतहको बारेमा पत्ता लगाउनु हो । रोबर सतहको हरेक भागमा जान सक्दैन, त्यसैले हेलिकप्टर लगिएको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested