English

स्काउटको सर्वोच्च पदक ‘सुनौलो गैंडा’ कौशिकलाई



नेपाल स्काउटको सर्वोच्च पदक ‘सुनौलो गैंडा’ द्धारा चन्दन कौशिकलाई सम्मान गरिएको छ । कौशिक नेपाल स्काउटका पुर्व प्रमुख आयुक्त (चिफ कमिस्नर) हुन् । आइतबार राजधानीमा आयोजित ७१ औं स्काउट दिवसका अवसरमा उनलाई यो पदक प्रदान गरिएको हो । बिबिध कार्यक्रमका साथ सम्पन्न समारोहमा स्काउट्सहरुले मार्च मास समेत गरेका थिए ।

कम उमेरमा यो तहको सर्वोच्च पदकद्धारा सम्मानित हुने चन्दन पहिलो युवा हुन् । यसअघि अधिकांश रुपमा मरणोपरान्त प्रदान गरिने यस पुरस्कार नेपाल स्काउटको इतिहांसमै पहिलो पटक युवालाई प्रदान गरिएको नेपाल स्काउटले जनाएको छ । संक्रमणकालिन अवश्थामा पनि स्काउट र युवाका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई ‘सुनौलो गैंडा’ द्धारा सम्मानित गरिएको पनि कार्यक्रममा उद्घोष गरिएको थियो ।

बाल्यकाले देखी स्काउट अभियानमा सक्रिय कौशिक स्काउटकै इतिहांसमा कम उमेरमा प्रमुख आयुक्त ( राष्टिय संयोजक) हुने पनि पहिलो व्यक्ति हुन् । उनी नेपाल स्काउटको राष्टिय सल्लाहाकार समेत हुन् । सामाजिक क्षेत्रमा सक्रिय उनी स्काउट र युवामा मुद्धामा आवाज मुखरित गर्न अब्बल छन् ।

यस सम्मानले म मा अझै ठुलो जिम्मेवारी थपेको महसुस भएको छ । बाल्यकाल देखी लागेको संस्थाको मायाले गर्दा यतिका उमेर स्काउटद्धारा सेवा मै बिताएं । आउने दिनमा पनि यही संस्थाद्धारा सेवामै दृढ रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

७१ बर्षको इतिहांसमा नेपाल स्काउटले गरेको स्काउटको सबैभन्दा ठुलो मानिने कार्यक्रम तेस्रो राष्ट्रिय ज्याम्बोरीको नेतृत्वको कमाण्ड समेत कौशिक स्वयंले सम्हालेका थिए । जसमा संसारभरका स्काउट्सहरुको बाक्लो उपश्थिती थियो । बुवाको प्रेरणाले सामाजिक कार्य र स्काउटमा सक्रिय कौशिक युवाहरुमाझ मुलुकभरी लोकप्रिय र शसक्त मानिन्छन् । यसअघि उनका बुवा चन्द्रदेव लाल कौशिकलाई यसै सम्मानद्धारा मरणोपरान्त सम्मान गरिएको थियो । सम्मान पछि कौशिकले भने–‘यस सम्मानले म मा अझै ठुलो जिम्मेवारी थपेको महसुस भएको छ । बाल्यकाल देखी लागेको संस्थाको मायाले गर्दा यतिका उमेर स्काउटद्धारा सेवा मै बिताएं । आउने दिनमा पनि यही संस्थाद्धारा सेवामै दृढ रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

यो पनि…
वि विल राइज फाउन्डेसनद्वारा सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
सामाजिक कार्यअन्तर्गत वी विल राइजको सहयोग



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested