English

गुगलका सह–संस्थापक सर्गेई ब्रिनको सम्बन्ध बिच्छेद



गुगलका सह–संस्थापक सर्गेई ब्रिनले श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका छन् । विश्वका शीर्ष १० धनी व्यक्तिको सूचीमा परेका अर्बपति ब्रिनले ‘मिलाउन नसकिने भिन्नता’ देखाउँदै सम्बन्ध बिच्छेदका लागि यसै महिनाको सुरुमा निवेदन दिएका थिए ।

सन् २०१८ को नोभेम्बर ७ मा बन्धनमा बाँधिएका यी दुईबीच सन् २०१५ मा देखभेट भएका थियो । सर्गेई ब्रिन र निकोल शानाहानको दुई वर्षकी छोरी छन् ।

क्यालिफोर्नियाको सान्ता क्लारा काउन्टीमा पेस गरिएको अदालतको फाइलिङअनुसार डिसेम्बर २०२१ मा दुवै अलग भएका थिए । बिया–इको फाउन्डेसनकी संस्थापक शानाहानले गर्भवती हुन धेरै संघर्ष गर्नु परेको बताएकी थिइन् । उनको संस्था वातावरणीय र सामाजिक न्यायका लागि समर्पित छ ।

सन् २०१८ मा दुई जनाले प्रजनन समस्याहरूमा समर्पित चिकित्सा अनुसन्धान फर्म बक इन्स्टिच्युटको सह–स्थापना गरेका थिए ।

यो पनि
फिलिपिन्समा बाढी : ५३ जनाको मृत्यु, गाउँ जलमग्न
युक्रेनले गर्‍यो आफ्ना नागरिकलाई यस्तो आग्रह



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested