English

इन्डिया नेपाल पार्टनरशीप समिट २०२२ सम्पन्न



इन्डिया नेपाल पार्टनरशीप समिट २०२२ सम्पन्न भएको छ । गत ७ जुनमा भारतस्थित नेपाली राजदुतावास र पीएचडी चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीद्वारा संयुक्त आयोजनामा उक्त समिट सम्पन्न भएको हो ।

उक्त समारोह भारतले यस बर्ष स्वतन्त्रताको ७५औं बर्ष पुगेको अवसरमा ‘आजादीका अमृत महोत्सव’ मनाउने क्रममा छिमेकी राष्ट्र नेपाल र नेपालीले भारतको स्वतन्त्रतामा पुर्याएको योगदानको स्मरण गरेको थियो ।

उक्त अवसरमा नेपाली राजदूत शंकर प्रसाद शर्मा र डेपुटी चिफ ओफ मिसन राम प्रसाद सुवेदीले नेपाल–भारत सम्बन्धको बारेमा विविध बिषयमा चर्चा गर्दै विशेषगरी नेपालबाट बिजुली निर्यात शुरु भएकोमा खुसी व्यक्त गरे । यसले व्यापार घाटा घटाउने, जनताबिचमा सौहार्दपूर्ण सम्बन्ध लगायतले गर्दा सम्बन्ध झन् बलियो हुँदै गएको र हालसालै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्धले थप उचाइ लिएकोबारे चर्चा गरे ।

सोही अवसरमा पूर्व भारतीय राजदूत जयन्त प्रसादले नेपाल–भारतका जनता बिचको सुमधुर सम्बन्धको चर्चा गरे । साथै, पूर्व भारतीय प्रधानमन्त्रीले आफ्नो बाल्यकाल उत्तर प्रदेशको बलियामा उनको बुवाले कसरी भारतका गाउँहरुले नेपालबाट बिजुली आएपछि उज्यालो आएको थियो भन्ने कुराको समेत स्मरण गरे ।

यसैगरी, फोटो पत्रकार बिकास रौनियारले आफ्नो प्रस्तुतिका क्रममा नेताद्वय मात्रिकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइराला भारतको स्वतन्त्रताका लडाइमा बिहारको हजारी बाघ जेलमा बस्नु परेको प्रसंग उठाए । त्यतिबेला आफ्नो हजुरबुवा शिवप्रसाद रौनियारले भारतको स्वतन्त्रता संग्रामको लडाइँमा उत्तर प्रदेशमा जेल परेका र करिव एक बर्ष लुकेर बस्नु परेको र पछि भारत सरकारले त्यसको कदर स्वतन्त्रता सेनानीको रुपमा पेन्सन र निशुल्क रेल यात्राको सुविधा दिएको स्मरण गरे ।

सोहि अवसरमा नेपाली अनुसन्धानकर्ता आकांक्षा शाह रानाले भारतले नेपालको उत्तर पश्चिम सिमाना मिचेको र इपीजी रिपोर्टलगायत महत्वपुर्ण बिषयमा दुवै देशले खुलेर निष्कर्षमा पुग्नु पर्ने बताइन् ।

कार्यक्रममा पूर्व मेजर जेनेरल अशोक मेहतालगायत अन्य विज्ञहरुले आफ्नो नेपाल र भारत सम्बन्धका विविध आयामबारे आफ्ना धारणा राखेका थिए ।

सिमा जागरण मञ्च, रक्सौलका प्रान्त अध्यक्ष महेशकुमार अग्रवालले नेपाल भारत सीमामा भारुको कठिनाइले व्यापार व्यावसायमा परेको नकारात्मक असरबारे दुवै देशले मिलेर समाधान निकाल्नु पर्नेमा जोड दिए ।

तस्बिरहरु : बिकास रौनियार

यो पनि…
लण्डनमा हुँदैछ नेपाली फिल्म फेस्टिवल
‘सत्यमोहन’ लाई उत्तम शान्ति पुरस्कार (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested