English

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पदाधिकारीले गरे पदभार ग्रहण



सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । गत ७ चैतमा सम्पन्न अधिवेशनबाट निर्वाचित १७ जना पदाधिकारीले शनिबार काठमाडौंमा एक समारोहबीच पदरभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बस्नेतले तातोपानी नाकालाई सुचारु गर्न पहल गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘तातोपानी नाकाबाट दैनिक २ सय मालवाहक गाडी आवतजावत हुन्थ्यो, अब त्यसलाई निरन्तरता दिन सबैले हातेमालो गरी अघि बढ्नुपर्छ ।’

संघको २५ औं साधारणसभा तथा १० औं अधिवेशनबाट अध्यक्षमा राजकुमार बस्नेत, वरिष्ठ उपाध्यक्षमा रामकाजी पौडेल, प्रथम उपाध्यक्ष उमेश कसजु, द्वितिय उपाध्यक्ष अमृत कार्की, तृतिय उपाध्यक्ष सुर्य कार्की, महासचिव शम्भु तिमल्सिना, सचिव ईश्वर गुभाजु, कोषाध्यक्ष उमेशलाल प्रधान, सह–कोषाध्यक्ष विचारी पराजुली निर्वाचित भएका थिए । यसैगरी रामचन्द्र कार्की, विदुर खड्का, राजकपुर खत्रीलगायत सदस्यमा निर्वाचित भएका थिए ।

पदभार ग्रहण गर्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बस्नेतले तातोपानी नाकालाई सुचारु गर्न पहल गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘तातोपानी नाकाबाट दैनिक २ सय मालवाहक गाडी आवतजावत हुन्थ्यो, अब त्यसलाई निरन्तरता दिन सबैले हातेमालो गरी अघि बढ्नुपर्छ ।’

कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिए । उनले तातोपानी नाका सुचारु गर्न महासंघले महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै, व्यवसायिक सहजीकरण गर्न महासंघ तयार रहेको वचनसमेत दिए ।

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिंदै तातोपानी नाका सुचारु गर्न महासंघले महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै, व्यवसायिक सहजीकरण गर्न महासंघ तयार रहेको वचनसमेत दिए ।

यस्तै, संघका निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठले पद हस्तान्तरण गर्दै निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदैँ तत्काल तातोपानी नाका सुचारु गर्नुपर्नेमा जोड दिए । साथै, संघले नेपाल हिमालय सिमापार वाणिज्य संघको १० औं अधिवेशनबाट निर्वाचित अध्यक्ष अशोक कुमार श्रेष्ठसहित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा शुभकामनासमेत दिएको थियो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, एशोसियट तर्फका उपाध्यक्ष रामचन्द्र संघाई, इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङ, गायिकाद्वय सुनिता दुलाल, कल्पना दाहाल, गायक यम बराल, प्रदीप रोका, विभिन्न जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested