English

इमेज अवार्डको लागि आवेदन खुला



यस वर्षको टुबोर्ग इमेज अवार्डको २२ औं संस्करणको लागि आवेदन फर्म खुला गरिएको छ । ईमेज च्यानलबाट दुई दशक अघिदेखि वार्षिक रुपमा आयोजना हुँदै आएको राष्ट्रकै संगीत वृतको सबैभन्दा ठूलो अवार्डको २२ औ संस्करणका लागि २०७९ जेठ २४ गते मंगलबारबाट आवेदन फर्म खुला गरिएको हो ।

यस वर्ष गीत, संगीत, रचना लगायत म्युजिक भिडियो र पब्लिक च्वाईस अवार्ड समूह गरि जम्मा १५ विधाका लागि आवेदन फर्म खुल्ला गरिएको ईमेज च्यानल प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक आर.के. मानन्धरले जानकारी दिए ।

यस पटक २०७६ साल असार १ गतेदेखि २०७९ जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीत र म्युजिक भिडियोलाई मनोनयनमा समावेश गरिने छ । प्रत्येक विधाको उत्कृष्ट पाँँच मनोनयनका लागि नेपाली सांगितिक क्षेत्रका विज्ञहरुबाट प्राविधिक भोट (Technical Vote) लिईने छ ।

ईमेज अर्वाडमा यस वर्ष नेपहप र्याप पर्फमेन्स पनि थप गरिएको छ । यस पटक मात्र एक विधा पब्लिक च्वाईस अर्वाड (Public Choice Award) का लागि भोटिङ्ग खुला गरिएको छ । यस विधामा जसले सबैभन्दा बढि भोट प्राप्त गर्दछ, सोही गीतलाई विजेता घोषणा गरिनेछ ।

२०७६ यता कोरोना महामारीका कारण निरन्तर हुन नसकेको अवार्डलाई फेरि निरन्तरता दिइएको हो । समस्त गीत संगीत प्रेमीहरुलाई यस अवार्डमा सहभागि हुन आयोजक इमेज च्यानलले आग्रह गरेको छ ।

आवेदन फर्मको शुल्क १ सय रुपैयाँ तोकिएको छ । आवेदन फर्म ईमेज खबर डट कमबाट डाउनलोड गर्न सकिने छ । आवेदन शुल्क फर्म बुझाउँन आउँदा इमेज च्यानलको कार्यालय काठमाडौंको लाजिम्पाटस्थित ईमेज कम्प्लेक्समा स्वयं उपस्थित भई बुझाउनु पर्नेछ । आवेदन फर्म बुझाउने अन्तिम मिति २०७९ असार २० गतेसम्म तोकिएको छ ।

यो पनि…
कोभिडका कारण सर्यो ‘आइफा अवार्ड’
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,