English

वैज्ञानिक चार्ल्स डार्विनका महत्वपूर्ण भनाइहरू



विश्वप्रसिद्ध वैज्ञानिक चार्ल्स डार्विनको जन्म सन् १८०९ मा इंग्ल्यान्डको सुजवरी भन्ने ठाउँमा भएको थियो । उनले प्राणी विकासका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रूपमा व्याख्या गरेका थिए ।

करोडौँ वर्ष पहिला पृथ्वीमा जन्मेको एक सरल प्राणीबाट सबै जीवजन्तुहरूको विकास भएको पुष्टि गर्ने महान वैज्ञानिक डार्विनको मृत्यु १९ अप्रिल १८८२ मा भएको थियो । यस्ता महान व्यक्तित्वका केही प्रेरणादायी भनाई यस प्रकार छन् ।

१. जुन मानिसले आफ्नो समय खेर फाल्छ, उसले जीवनको मूल्य भेट्टाउन सक्दैन ।
२. अज्ञानताले प्रायः ज्ञानभन्दा बढी आत्मविश्वास उत्पन्न गर्दछ ।
३. जनावरहरूलाई हामी आफ्ना बराबर मान्न चाहँदैनौँ, किनभने हामीले उनीहरूलाई आफ्ना दास बनाएका छौँ ।
४. मित्रता नै एक मात्र उत्तम उपाय हो ।
५. इतिहास हेर्ने हो भने प्रभावकारी हुन र सहकार्य गर्न सिकेका व्यक्ति मात्र विजयी भएका छन् ।
६. शिक्षाले होइन, इच्छाले महान बनाउँछ ।
७. यदि तिमीले हिजोको मात्र साेंचिरहन्छौ भने भोलि परिवर्तन गर्न सक्दैनौ ।
८. हामीले आफ्नो सोंचहरू नियन्त्रणमा राख्नु पर्दछ ।
९. कहिलेकाहिँ नयाँ सत्य वा तथ्यको स्थापना पनि उत्तम हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested