English

ज्याकलिनलाई विदेश जान अनुमति



बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई अदालतले ३१ मेदेखि ६ जुनसम्म विदेश यात्रा गर्न अनुमति दिएको छ । बलिउडका ‘महाठग’ सुकेश चन्द्रशेखरसँग आफ्नो सम्बन्धका कारण प्रवर्तन निर्देशनालय (इडी)को अनुसन्धान परेकी ज्याकलिनलाई अदालतले विदेश जान अनुमति दिएको हो ।

ज्याकलिन आबुधाबीमा हुने अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी पुरस्कारमा सहभागिताका लागि जान चाहेकी थिइन् । उनले केही समयअघि पटियाला हाउस कोर्टमा युएई, फ्रान्स र नेपाल जानका लागि अनुमति मागेकी थिइन् । तर, प्रारम्भिक निर्णयमा अदालतले उनको अनुमतिलाई अस्वीकार गरेको थियो ।

अदालतले कैयौं पटक चन्द्रशेखरका विषयमा ज्याकलिनसँग सोधपुछ गरेको थियो । झण्डै दुई सय करोड रुपैंयाँ मनी लन्ड्रिङ मामलामा सुकेश हाल जेलमा छन् । गत महिना ज्याकलिनको झण्डै सात करोड रुपैंयाँको उपहार र सम्पत्ति इडीले जफत गरेको थियो ।

यसै वर्षको फेब्रुअरीमा इडीले चन्द्रशेखरको कथित सहयोगी पिंकी इरानीविरुद्ध एक पुरक आरोप पत्र दर्ता गराएको थियो । आरोप पत्रमा अभिनेत्री ज्याकलिनको नाम पनि उल्लेख थियो ।

आरोप पत्रमा इरानीले ज्याकलिनका लागि महंगो उपहार छनोट गर्ने र त्यो उपहारमा चन्द्रशेखरले लगानी गर्ने उल्लेख थियो । चन्द्रशेखरले विभिन्न मोडल तथा बलिउड फिल्मकर्मीका लागि झण्डै २० करोड रुपैंयाँ लगानी गरेको आरोप पत्रमा जनाइएको छ ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested