English

पहिचानविहीन समुदायबाट पहिलोपटक नेतृत्वमा धनबहादुर



पहिचानविहीन रहेको बागलुङको एक समुदायले पहिलो पटक आफ्नै समुदायको जनप्रतिनिधि पाएको छ । यस पटक जिल्लाको १० वटा पालिकामा ४४५ जनप्रतिनिधि निर्वाचित हुँदा पहिचानको पर्खाइमा रहेको नौथर समुदायअन्तर्गतको कायत समुदायबाट धनबहादुर कायत ढोरपाटन नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका हुन् ।

यस नगरपालिकाको वडा नं ७ बाट कायत समुदायले यसपटक स्थानीयतहको निर्वाचनमा उपप्रमुखसहित दुईजना वडासदस्यमा निर्वाचित भएका छन् । पछिल्लो समय लोप हुने अवस्थामा आएको कायत समुदाय जनप्रतिनिधि भएपछि आफ्नो पहिचान हुनेमा विश्वस्त छन् । उपप्रमुख धनबहादुरसहित वडा नं ७ को वडा सदस्यमा खगिसरा कायत र रामबहादुर कायत तीन छुटृाछुटृै पार्टीबाट निर्वाचित भएका हुन् । उपप्रमुखमा धनबहादुर नेपाली कांग्रेसबाट, वडासदस्य खगीसरा नेकपा (माओवादी केन्द्र) र रामबहादुर राष्ट्रिय जनमोर्चाबाट निर्वाचत भएका हुन् ।

वडासदस्यमा हिमा कायत २०७४ सालको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्वाचित भएकी थिइन् । अन्य लोपन्मुख समुदायले पहिचान पाए पनि यहाँका कायत समुदायले अहिलेसम्म पहिचान पाउन सकेका थिएनन् । उनीहरु जनजाति हुन् वा अन्य समुदायअन्तर्गत पर्छन् भन्नेमा एकिन छैन भने राज्यले पनि लोपोन्मुख समुदायमासमेत राख्न सकेको छैन । ढोरपाटनमा मात्रै बस्ने कायत समुदायको सङ्ख्या निकै कम छ । ढोरपाटन बाहेक नेपालको अन्य ठाउँमा कायत समुदायको बसोबास पाइदैन । यिनीहरु यस नगरपालिकाको वडा नं ७ स्थित बोबाङ र वडा नं ९ को ढोरपाटन क्षेत्रमा घुम्ती बसाइँ बस्ने गर्छन् । ७६ घरपरिवार रहेको कायत समुदायको सङ्ख्या करिब ४०० रहेको स्थानीयवासीको भनाइ छ ।

राज्यले आफूहरुलाई लोपोन्मुख समुदायलाई प्रदान गर्ने सुविधाबाट वन्चित गर्दै आएको स्थानीयवासी नरबहादुर कायतको गुनासो थियो । अहिले त्यही पहिचानविहीन समुदायबाट नगरपालिकाको उपप्रमुख निर्वाचित भएपछि आफूहरुले पहिचान पाउनेमा कायत समुदाय विश्वस्त छन् ।

नेपालमा रहेका धेरै जातजातिलाई राज्यले पहिचान दिए पनि हामीहरु छुटेका छौँ, अहिलेको जनगणनामा स्पष्ट कायत समुदाय भनेर समावेश गराइएको र केन्द्र सरकारसँग पहिचान स्थापित गर्न पहल गर्ने छु ।

आफूहरुलाई आदिवासी जनजाति, अल्पसङ्ख्यक तथा लोपोन्मुखलगायत समुदायको रुपमा राज्यले पहिचान दिन सके आरक्षण र अन्य सुविधा पाउने उनीहरुले बताए । नवनिर्वाचित उपप्रमुख धनबहादुरले आफ्नो कार्यकालमा कायतलाई पहिचान दिलाउने गरी केन्द्र सरकारसँग पहल गर्नेमा जोड दिए । ‘यो स्थानीय तहले गर्नसक्ने काम होइन, केन्द्रीय सरकारसम्म पहुँच नपुगेकै कारण आफूहरु पछि परेका हौँ’ उनले भने, ‘नेपालमा रहेका धेरै जातजातिलाई राज्यले पहिचान दिए पनि हामीहरु छुटेका छौँ, अहिलेको जनगणनामा स्पष्ट कायत समुदाय भनेर समावेश गराइएको र केन्द्र सरकारसँग पहिचान स्थापित गर्न पहल गर्ने छु ।’

कायत समुदाय पहिचानविहीन बन्दा राज्यले दिने सेवा सुविधाका लागि थर बदल्ने गरेका कारण कायत थर विस्तारै लोप हुने खतरामा पुगेको छ । जनजाति हुनाका लागि आफ्नै भाषा र संस्कृति हुनुपर्ने भए पनि उनीहरुको आफ्नै भाषा र संस्कृति छैन । आफूहरुलाई राज्यले लोपन्मुख अथवा जनजाती जुन समुदायमा राखेपनि पहिचान विहीन भने बनाउन नहुने कायत समुदायको माग थियो ।

यो पनि…
नेपाली सांकेतिक भाषाले मान्यता नपाउनु दुर्भाग्य

युवा पुस्ताको उदासिनताका कारण लोप हुँदै ‘छन्त्याल भाषा’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested