English

युगान्डामाथि नेपालको पहिलो जित



युगान्डाविरुद्धको टी-२० सिरिजअन्तर्गत चौथो खेलमा नेपाली महिला टोली १५ रनले विजयी भएको छ । जारी सिरिजमा नेपालले लगातार तेस्रो हारपछि पहिलो जित निकालेको हो । नेपालको यो ऐतिहासिक जित हो ।

घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय म्याच खेल्दै नेपालले इतिहास रचेको हो । यसअघि नेपालले त्रिवि मैदानमा युगान्डालाई हराएको थिएन । चौथो खेलमा नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको पाहुना टोली युगाण्डाले १८ ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।

यसका लागि जेनेट म्याम्बाजाईंले २१, रीता न्यांगेन्डोले १६ र केभिन अविनोले ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । नेपालका लागि हिरान्माय रोयले दुई, कविता कुँवर, कप्तान रुबिना क्षेत्री र अस्मिना कर्माचार्यले एक-एक विकेट लिए ।

नेपालले तीन विकेट रनआउटको रूपमा प्राप्त गर्‍यो । त्यसअघि, कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपाल १७.५ ओभरमा सबै विकेट गुमाएर ९७ रनमा अलआउट भयो । नेपालका लागि ओपनर ज्योति पाण्डेले १७, विन्दु रावलले १६ र सीताराना मगरले ११ रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । युगान्डाका लागि कान्सी अवेकोसले सर्वाधिक तीन विकेट लिए । आज पिच ओसिलो भएका कारण खेल १८ ओभरमा झारिएको थियो । नेपाल र युगान्डाबीचको पाँचौं तथा अन्तिम खेल भोलि हुनेछ ।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested