English

त्यो उम्मेदवार जसले अरूको मत पनि पाएनन्, आफ्नो मत पनि हराए



दलबाट होस्, या स्वतन्त्र उम्मेदवार । चुनावमा उठेपछि सबैको एउटै लक्ष्य हुन्छ, ‘जित’ । भनिन्छ, ‘युद्धपछि मान्छेले जित प्राप्तिका लागि हरेक तिक्डम अपनाउने भनेको चुनावमा नै हो ।’

तर, गोरखामा गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ३ मा भने यसको ठिक उल्टो भएको छ । वडा अध्यक्ष पदमा स्वतन्त्र उमेदवारी दिएका हिरा बहादुर रेग्मीले जित्नका लागि अनेक तिक्डम अपनाउनु त परको कुरा आफैंले आफैंलाई समेत मतदान गरेनन् ।

रेग्मी नेकपा माओवादी केन्द्रमा क्रियाशील थिए । माओवादी केन्द्रबाट उनी वडाध्यक्ष पदको आकांक्षी थिए । तर, पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । ‘पुतली’ चुनाव चिह्न लिएर उनी चुनावी मैदानमा होमिएका थिए ।

यस वडामा १९०५ मत खसेको थियो । अन्तिम मतपरिणाम सार्वजनिक हुुँदासम्म पनि रेग्मीले १ मत समेत प्राप्त गरेनन् ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार उनले मतगणना गर्दा आफू पनि उपस्थित भएनन् र प्रतिनिधि पनि पठाएका थिएनन् ।

यो पनि…
मतदानमा प्रधानमन्त्रीदेखि उम्मेदवारसम्म
कुन नेताले कहाँबाट दिदैछन् मत ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested