English

मतगणना परिसरमा १३ वर्षीया इच्छा दाहालको काँक्रो व्यापार



बाराको निजगढमा स्थानीय तह निर्वाचनको मतगणना निजगढ नगरपालिकाको वडा नम्बर ७ स्थित नगरपालिकाको कार्यालयमा चलिरहेको छ । नगरपालिकाको सभाहल लगायत अन्य दुई कोठाभित्र मतगणना चलिरहेका बेला भवनको पश्चिमतर्फ २४ सैं घण्टा राजनीतिक दल र उम्मेदवार, कार्यकर्ता र शुभचिन्तकहरूको भिड लागिरहेको हुन्छ ।

त्यहि भिडको छेउमा काँक्रो बेच्न बसेकी छिन् निजगढ नगरपालिका ६ की १३ वर्षीया इच्छा दाहाल । मतगणनाको परिणामको पर्खिरहेका सर्वसाधरणले आफ्नो भोक मेटाउन काँक्रो किन्ने गर्छन् र कुनै बेला दाहाललाई बेच्न भ्याइनभ्याइ हुन्छ ।

विजय उम्मेदवारहरूको परिणाम करिब ५ घण्टाको अन्तरमा आइरहेको छ । उम्मेदवारले कति मत पाए भन्ने नतिजा भित्रबाट बाहिर आउने मानिसको पर्खाइमा शुभचिन्तक र मतदाताले त्यहीँ काँक्रो बेचिरहेका दाहालको छेउमा केराको फेदमा कुराकानी गरिरहेका हुन्छन् ।

दाहालले मतगणना परिसरमा काँक्रोको व्यापार गरेर राम्रो आम्दानी गरिरहेकी छिन् । एउटा काँक्रो प्रतिगोटा २० रुपैंयासम्म बिक्री हुँदै आएको पाइएको छ । दाहालले दैनिक २ हजार ५०० बराबरको काँक्रो बिक्री भइरहेको बताइन् । उनले आफनै घरबाट ल्याएको काँक्रो बिक्री गर्ने गरेको उनले बताइन् ।

यस्तै मतगणना परिसरमा रहेका आसपासका चिया र नास्ता पसलहरूमासमेत भिडभाड हुँदा यहाँको व्यापार ह्वात्तै बढेको स्थानीय व्यवसायीहरूले बताएका छन् ।

यो पनि…
मतदानमा प्रधानमन्त्रीदेखि उम्मेदवारसम्म
कुन नेताले कहाँबाट दिदैछन् मत ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

१७ असार, काठमाडौं । काठमाडौंको शहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण (Artificial Groundwater

Latest










Popular
Suggested