English

मुडुली केकीसँग पुष्प



अभिनेता पुष्प खड्का र अभिनेत्री केकी अधिकारी म्यूजिक भिडियोमा रुचाइएको जोडी हो । भलै उनीहरूले हालसम्म सँगै चलचित्रमा स्क्रिन सेयर गरेका छैनन् । २ दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका केकी र पुष्प निर्देशकको नजरमा नपरेका हुन् वा कथाले नै उनीहरूको जोडीलाई नमागेको हो ? तर, मेरो लाइफस्टाइलले शुक्रबारको नियमित फोटो सुटमा भने केकी र पुष्पको जोडी बाँधेको छ ।

  • भिडियाे हेर्न माथिकाे लिंकमा जानुहाेस

‘स्वर’ चलचित्रबाट फिल्मी यात्रा सुरु गरेकी केकीले दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी छिन् । आइ एम सरी, बितेका पल, श्री पाँच अम्बरे, भाग सानी भाग, कोहलपुर एक्स्प्रेस लगायत उनका हिट चलचित्र हुन् । कोहलपुर एक्सप्रेसबाट चलचित्र निर्माणमा होमिएकी केकीले एक महिनाअघि चलचित्र ‘बोक्सीको घर’का लागि कपाल मुन्डन गरिन् । कपाल खौरिएको उक्त तस्विर मिडियामा भाइरल भयो । हाल उनले बोक्सीको घरको छायाँकन सकिसकेकी छिन् । साथै, अभिनेत्री केकी रियालिटी सो कमेडी च्याम्पियनको निर्मातासमेत हुन् ।

म्यूजिक भिडियोबाट अभिनय यात्रा सुरु गरेका पुष्प खड्काले हालसम्म १ हजारभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । ‘अझै पनि’ चलचित्रबाट सिने नगरीमा होमिएका खड्काले हालसम्म ८ वटा चलचित्रमा अभिनय गरेका छन् । दर्पण छायाँ २, मंगलम्, मारुनी, दालभात तरकारी लगायतका चलचित्रबाट उनी थप चर्चामा आए । साथै, मनसँग मन, कृष्णलीला, तिम्रो मेरो साथ लगायतका चलचित्र प्रदर्शोन्मुख छन् ।

मेकअप : ल्यासेस स्टुडियो (ज्योति लिम्बू) / पहिरन : कासा स्टायल / स्थान : होटल अकामा
तस्विरहरूः महेश प्रधान



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested