English

आज यी स्थानमा भइरहेको छ मतदान



गत वैशाख ३० गते स्थगन भएकामध्ये विभिन्न स्थानीय तहका मतदान स्थलअन्तर्गत १३ वटा मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ ।

निर्वाचन आयोगकाअनुसार आज (सोमबार) सप्तरीको रुपनी गाउँपालिकाको जनता मावि, हरिहरा मतदानस्थलका दुई मतदान केन्द्र, रामेछापको खाँडादेवी नगरपालिकाको राकमथुमको तीन केन्द्र, बझाडको केदारस्युँ गाउँपालिकाको जगन्नाथ माविका दुई केन्द्र, बझाडको सुर्मा गाउँपालिकाको कृष्ण प्राविको एक केन्द्र र सोही पालिकाको आधाबगर माविको दुई केन्द्रमा मतदान भइरहेको हो ।

राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगित भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रम जारी रहेको छ ।

आयोगका अनुसार जेठ ३ गते निर्वाचन हुने मतदानस्थलमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरको श्रीराम मावि मतदानस्थलका दुई मतदान केन्द्र, अछामको पञ्चदेवल विनायक नगरको नवज्योति माविका दुई मतदान केन्द्र, धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविस्थित तीन मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरस्थित विजय माविको एक मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिकाको पिस क्रियटिभ एकेडेमीस्थित एक मतदान केन्द्र रहेको छ । जेठ ४ गतेका लागि तनहुँको व्यास नगरको गाविस भवन मतदानस्थलका दुई केन्द्रमा निर्वाचन तोकिएको छ ।

वैशाख ३० गते स्थगन भएकामध्ये जेठ १ गते सात मतदान केन्द्रमा निर्वाचन भएको थियो । उक्त दिन जुम्लाको गुठीचौर गाउँपालिका–३ को शङ्कर मावि, गजर्याङकाेट एक मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नपा–२ को जनता मावि, हरिहरा मतदानस्थलका दुई मतदान केन्द्र, कालीकोटको रास्कोट गाउँपालिका–४ को रमालमष्टो मावि, स्युनाको एक मतदान केन्द्र, कालीकोटकै पचालझरना गाउँपालिका–३ को जनता मावि, खार्दुपको एक मतदान केन्द्र, बझाङको जयपृथ्वी नपा–७ सुनीवडास्थित सुनीपिपलचौर माविको दुई मतदान केन्द्रमा निर्वाचन भएको थियो ।

यो पनि…
मतदानमा प्रधानमन्त्रीदेखि उम्मेदवारसम्म
कुन नेताले कहाँबाट दिदैछन् मत ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested