English

विश्वको त्यो शहर, जहाँ हरेक व्यक्तिसँग छ हवाईजहाज !



तपाईले यो कुरा त सुन्नुभएको होला कि, कुनै शहरमा बस्ने अधिकांश मानिसको आफ्नो गाडी छ । तर तपाईले संसारमा एउटा त्यस्तो शहरको बारेमा सुन्नुभएको छैन होला, जहाँका हरेक मानिससँग हवाईजहाज छ । यति मात्रै होइन, यो शहरका मानिसहरु आफ्नो काममा जानका लागि आफ्नो एयरक्राफ्टको पनि प्रयोग गर्दछन् ।

प्रतीकात्मक तस्वीर

यो सुन्दा तपाईलाई अनौठो लाग्यो होला, तर यो सत्य हो । यो शहर अमेरिकाको क्यालिफोर्नियाको हो । यो शहरमा बस्ने अधिकांश मानिस पाइलट छन् । त्यसैले उनीहरुले आफूसँग प्लेन राख्नु सामान्य कुरा हो । यो बाहेक यो शहरमा डाक्टर, वकील आदि पनि छन् । तर उनीहरु पनि विमान राख्नमा सौखिन छन् ।

घर के सामने खड़ा विमान

यो शहरमा बस्नेलाई हवाईजहाज राख्ने यति सौख छ कि, शनिवार सबै मानिस एकत्रित भएर लोकल एयरपोर्टमा जान्छन् । यो शहरमा प्लेनको मालिक हुनु भनेको अन्य शहरमा कारको मालिक हुनु जस्तै कुरा हो । त्यहाँ विमानलाई क्षति नपुगोस् भनेर सडकका संकेत र लेटरबक्सलाई केही माथि राखिएको छ । यो शहरमा सडकको नाम पनि विमानसँग जोडिएको छ ।

प्रतीकात्मक तस्वीर

त्यहाँको रोडको नाम बोइङ रोड रहेको छ । द्वितीय विश्वयुद्धपछि अमेरिकाले हवाई जहाजको परिचालनमा धेरै ध्यान दिएर अघि बढाएको छ । त्यसका लागि केही हवाई अड्डा पनि बनाएको छ । त्यहाँ पाइलटको संख्या १९९३ मा ३४ हजार थियो भने १९९६ मा ४० हजार भन्दा धेरै भए ।

प्रतीकात्मक तस्वीर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested