English

अर्बौं रुपैयाँ खर्चेर बनाइँदै पानीमा तैरने सहर



दक्षिण कोरियाको बुसान सहरमा पानीमा तैरने सहर बन्ने भएको छ । यो कुरा विश्वास नलाग्न सक्छ तर यो सत्य हो । यो सहर कुनै आश्चर्य भन्दा कम हुनेछैन । विश्वको पहिलो तैरने सहरको प्रोटोटाइप भइरहेको छ । संयुक्त राष्ट्र संघको सहयोगमा वैज्ञानिकहरूले यसको तयारी गरिरहेका छन् ।

यो परियोजना गत वर्ष घोषणा गरिएको थियो, जसलाई OCEANIX नाम दिइएको छ । यस सहरको नयाँ डिजाइन गरिएका तस्बिरहरूमा, यो देख्न सकिन्छ कि आपसमा जोडिएका प्लेटफर्महरू १५.५ वर्ग फुट क्षेत्रफलमा फैलिएका छन् । यो अनौठो सहरमा १२ हजार मानिस बस्न सक्छन् । सहरलाई पानीमा तैराउन १५ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । यो सहरको निर्माण सन् २०२५ सम्ममा सम्पन्न हुनेछ ।

फिलिप होफम्यान भन्छन् कि OCEANIX बुसान निर्माण गरेर, हामी पानीमा तैरने पूर्वाधारले तटीय सहरहरूको लागि नयाँ जग बनाउन सक्छौ भनेर देखाउन चाहन्छौँ ।

यस परियोजनाबाट तटीय क्षेत्रमा बसोबास गर्ने जनतालाई सहयोग गर्ने हाम्रो उद्देश्य रहेको उनले बताए । हामी ती मानिसहरूलाई मद्दत गर्न चाहन्छौँ जसको अस्तित्व समुद्रको सतह बढेर खतरामा छ ।

OCEANIX ले विश्वका पाँचमध्ये दुई वटा तटीय क्षेत्रबाट १०० किलोमिटरको दायराभित्र बस्ने गरेको बताएको छ । बाढीका कारण वर्षेनी लाखौँ मानिस घरबार छाड्न बाध्य छन् ।

यो सहर सुन्दर निलो तालमा बनाइनेछ । यस सहरमा धेरै पोखरीहरू हुनेछन् । सहरको आधार धेरै अन्तर सम्बन्धित प्लेटफर्महरू हुनेछन् । कूल १५ दशमलव ५ वर्ग फुट क्षेत्रफलमा सहर बस्नेछ ।

सहरलाई विभिन्न क्षेत्रमा विभाजन गरी बस्ने, अनुसन्धान र आवासको सुविधा हुनेछ । सहरका भवनहरूको उचाइ अग्लो हुने छैन । सात तलाभन्दा कम उचाइका यस्ता भवन निर्माण गरिनेछन् ।

बुसानले चर्को गर्मीको अनुभव गरेको छ, जसका कारण सौर्य ऊर्जा पनि प्रयोग गर्न सकिने गरी भवनको छाना छायादार बनाइनेछ । सहरका प्रत्येक टापुमा छ वटा कुनाहरू हुनेछन् । यी सबै कङ्क्रिट भन्दा बलियो चुनढुङ्गाले ढाकिनेछ ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,