English

स्थानीय तह निर्वाचनमा महिलालाई अवसर न्यून



वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख पदमा महिलालाई न्यून अवसर मात्र दिइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारी दिएकाहरुको सूचीमा प्रमुख पदमा महिलाको उपस्थिती न्यून पाइएको हो ।

संविधानले व्यवस्था गरेको वाध्यात्मक स्थितीमा बाहेक दलहरुले महिलालाई अवसर निकै कम दिएको आयोगको तथ्याङ्कले देखाउँछ ।

संविधानमा स्थानीय तहमध्ये पालिकाको प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमध्ये एक पदमा महिलालाई उम्मेदवार बनाउनै पर्ने व्यवस्था छ । यसको अलवा महिला सदस्य र दलित महिला सदस्यको पनि व्यवस्था गरिएको छ । संविधानले सृजना गरेको वाध्यात्मक अवस्था वाहेकका पदमा दलहरुले महिलालाई न्युन अवसर मात्र दिएका छन् ।

आयोगका अनुसार महानगर, उपमहानगर र नगरपालिकाको प्रमुख पदमा ३ हजार ९ जना पुरुष र २२९ जना महिलाको उम्मेदवारी परेको छ । प्रमुख पदमा उम्मेदवारी दिएकामध्ये महिलाको संख्या मात्र ७.०७ प्रतिशत छ ।

देशभरका ७५३ स्थानीय तहको सदस्य पदमा ५० हजार ७६६ जना पुरुष र २ हजार ४०७ जना महिलाको उम्मेदवारी परेको आयोगको तथ्याङ्कले देखाउँछ ।

महानगर, उपमहानगर र नगरपालिकाको उपप्रमुखमा १ हजार ४३४ जना महिला र ५३० जना महिलाको उम्मेदवारी परेको छ । प्रमुख पदमा पुरुष उठाउने दलले उपप्रमुखमा महिला उठाउनै पर्ने वाध्यताका कारण उपप्रमुखमा उठ्ने महिलाको संख्या ठूलो देखिएको हो । उपप्रमुख पदमा परेका उम्मेदवारीमध्ये महिलाको संख्या ७३.०१ प्रतिशत रहेको छ ।

गाउँपालिका अध्यक्ष पदमा २ हजार ९३७ पुरुष र १५५ जना महिलाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये ५.२७ प्रतिशत संख्या महिलाको रहेको छ ।

गाउँपालिका उपाध्यक्ष पदमा ५२० जना पुरुष र १ हजार ६४३ जना महिलाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा उम्मेदवारी दिएकामध्ये ७५.९५ प्रतिशत संख्या महिलाको रहेको छ । अध्यक्षमा अधिकांशले पुरुष उठाएका कारण उपाध्यक्षमा महिलाको संख्या बढी देखिएको हो ।

यस्तै, वडा अध्यक्ष पदमा ३१ हजार ५५० पुरुष र ९४७ जना महिलाको उम्मेदवारी परेको छ । कूल वडा अध्यक्षका उम्मेदवारमा महिलाको संख्या २.९१ प्रतिशत मात्र रहेको छ ।

देशभरका ७५३ स्थानीय तहको सदस्य पदमा ५० हजार ७६६ जना पुरुष र २ हजार ४०७ जना महिलाको उम्मेदवारी परेको आयोगको तथ्याङ्कले देखाउँछ । वडा सदस्यमा परेको कूल उम्मेदवारीमध्ये ४.५२ प्रतिशत संख्या महिलाको रहेको छ ।

वैशाख ३० हुने स्थानीय निर्वाचनमा महिला सदस्यमा २५ हजार ५९६ र दलित महिला सदस्यमा २३ हजार २८४ जनाको उम्मेदवारी परेको छ ।

यो पनि…
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहको उम्मेदवारी (प्रतिबद्धता पत्रसहित )
काठमाडौं महानगरपालिका : स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

Latest










Popular
Suggested