English

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ७२ पैसा र बिक्री दर १२२ रुपैयाँ ३२ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ छ पैसा र बिक्री दर १२९ रुपैयाँ सात पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ छ पैसा र बिक्री दर १५३ रुपैयाँ ८२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२४ रुपैयाँ ५५ पैसा र बिक्री दर १२५ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९२ पैसा र बिक्री दर ८८ रुपैयाँ ३६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ एक पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ३९ पैसा र बिक्री दर नौ रुपैयाँ ४४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिद दर ३२ रुपैयाँ ४५ पैसा र बिक्री दर ३२ रुपैयाँ ६१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३७ पैसा र बिक्री दर ३३ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ६७ पैसा र बिक्री दर नौ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

यो पनि…
विलासिता वस्तु आयातमा रोक लगाउँदा के असर पर्छ ?
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested