English

पन्जाबलाई हराउँदै लखनउको छैटौँ जित



पन्जाब किङ्सलाई २० रनले हराउँदै लखनउ सुपर जाइन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेटमा छैटौं जित निकालेको छ । पुनेमा शुक्रबार लखनउले दिएको १५४ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।

पन्जाबका जोनी बेयर्सटोले सर्वाधिक ३२ रन जोड्दा कप्तान मायांक अग्रवालले २५ रन बनाए । लखनउका मोसिन खानले ३ विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनायो । लखनउका क्विन्टन डी ककले सर्वाधिक ४६ रन जोड्दा दीपक होडाले ३४ रन बनाए ।

पन्जाबका कागिसो राबडाले ४ विकेट लिए । लखनउले ८ खेलबाट १२ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । पन्जाबले ९ खेलबाट ८ अंक जोड्दै सातौं स्थानमा छ ।

यो पनि
आईपीएल : गुजरात प्लेअफ नजिक

बेङ्गलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested