English

मंगल ग्रहमा ९४ मिनेट लामो भूकम्प



नासाको इनसाईट ल्यान्डर सन् २०१८ नोभेम्बरमा मंगल ग्रह अवतरण गरेको थियो । सोही ल्याण्डरमा हालसम्मकै सबैभन्दा संवेदनशील सिस्मोमिटर जडान गरिएको छ । मंगल ग्रहमा अवतरण गरेदेखि यसले सो ग्रहमा कैयौं साना हलचल मापन गरिसक्यो। तर, पछिल्ला दुई कम्पन भने विशेष रहेको इनसाईट मिसनमा आबद्ध वैज्ञानिकहरूले बताएका छन् ।

‘हालै मापन गरिएको दुई कम्पन अहिलेसम्मकै ठूलो मात्रै होइन, यसको कम्पन अवधि र विस्तार पनि निकै ठूलो देखिएको छ,’ मंगल ग्रहमा आएको भूकम्पनीसम्बन्धि शोत्रपत्रकी प्रमुख लेखिका अन्ना होर्लेस्टनले भनिन् । होर्लेस्टन बेलायतस्थित ब्रिस्टल विश्वविद्यालयकी भूकम्पविद् हुन् ।

वैज्ञानिकहरूले पछिल्ला दुई ठूला भूकम्पलाई अलग नाम पनि दिएका छन् । सन् २०२१ अगष्ट २५ मा आएको पहिलो भूकम्पको नाम एस०९७६उ राखिएको छ । ल्याण्डर रहेको स्थानबाट ठ्याक्कै उल्टो भागस्थित गहिरो घाँटीहरूको संजाल ‘भ्यालेज म्यारिनेरिस’लाई केन्द्र बनाएर आएको यो भूकम्पको तिव्रता ४.२ रेक्टरको थियो ।

मंगल ग्रहमा मापन भएको दोस्रो ठूलो भूकम्पलाई ‘एस१०००ए’ नाम दिइएको छ र यो पहिलो भूकम्प आएको २४ दिनपछि अर्थात् सेप्टेम्बर १८ मा आएको थियो । एस१०००एको तिव्रता पहिलोको भन्दा केही कम अर्थात् ४.१ रेक्टर मापन गरिएको छ । यसको सटिक केन्द्र अझै पत्ता लागेको छैन । तथापि यो मंगल ग्रहको अर्को भागमै रहेको वैज्ञानिक प्रक्षेपणले देखाएको छ ।

रोचक तथ्य के भने ‘एस१०००ए’ भूकम्प ९४ मिनेटसम्म आएको थियो, जुन मंगल ग्रहमा मापन भएको हालसम्मको सबैभन्दा लामो भूकम्प हो । मंगल ग्रहका पछिल्ला दुवै भूकम्प इनसाइट ल्यान्डरको सिस्मोमिटरले ‘पी’ र ‘एस’ वेभ मापन गर्न नसक्ने विपरित भागमा आएकाले तिनले उत्सर्जित गरेका दबाब मापन हुन सकेन । तरंग मंगल ग्रहको विपरित भागबाट ग्रहको नाभी(कोर) पार गरेर आउदाँ दबाब निस्तेज हुन्छ ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

Latest










Popular
Suggested